मनोसामाजिक तथा अपाङ्गता सम्बन्धी सार्वजनिक बहस सम्पन्न

0
212
Google search engine

बैशाख, १७ वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले अपाङ्गता सम्बन्धी सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहस सम्पन्न भएको हो । नगरपालिकाको आयोजना तथा अन्तरध्वनि नेपालको सहकार्यमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले समृद्ध नगर र सुखी नगरबासी अभियानमा सबै नागरिकहरु एकजुट हुनुपर्ने बताउनुभयो । नगर विकासको लागि मानसिकरुपमा नगरबासी तयार हुनुपर्ने उल्लेख गर्दै नागरिकको स्वास्थ्य र आयआर्जन सवल बन्नुपर्नेमा उपप्रमुख तिवारीले जोड दिनुुभयो ।
हरेक महिनाको ५ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै आइरहेको जानकारी दिँदै उपप्रमुख तिवारीले नगरको कार्यविधिले अपाङ्गता परिचय पत्र वितरणमा असहज भएको बताउनुभयो । नगरपालिकाले जारी गरेको कार्यविधिलाई परिमार्जन गरेर मात्र अपाङ्गता परिचय पत्र वितरण सहज हुने उहाँले विचार व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारका कार्यक्रममा जोड्ने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Google search engine
Google search engine