ईलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने

0
96
Google search engine

वालिङ, १७ वैशाख ।
ईलाका प्रशासन कार्यालय वालिङले आफनै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले वैशाख १९ गते मंगलबारदेखि वालिङ ९ सुर्कौदीस्थित आफ्नै नवनिर्मित भवनबाट सेवा दिने तयारी गरेको हो । हाल वालिङ ८ स्थित कटौँजेबाट सेवा दिईरहेको कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको कार्यालय प्रमुख घनश्याम गौतमले जानकारी दिनुभयो । २०५७ मा वालिङको नयाँ बजारबाट सेवा शुरु गरेको ईलाका प्रशासन कार्यालय वालिङले २०६६ साउनमा कटौंजेबाट सेवा दिन शुरु गरेकोे थियो । ईलाका प्रशासन कार्यालयले स्याङ्जाका सात वटा पालिकाका नागरिकलाई सेवा दिंदै आएको छ । यस कार्यालयबाट वालिङ, भीरकोट, चापाकोट गल्याङ नगरपालिका र कालीगण्डकी, हरिनास, विरुवा गाउँपालिकाका स्थानीयले सेवा लिँदै आएका छन् ।

Google search engine
Google search engine