डा. सैयदद्वारा मानव सेवा संस्थालाई शैक्षिक सहयोग

0
431
Google search engine

वालिङ, १७ बैशाख ।
समाजसेवी डा. मनोरदिन सैयदले नेपाल मानव सेवा संस्थामा आश्रित विद्यार्थीहरुको लागि शैक्षिक सामग्रीहरु वितरण गर्नुभएको छ । वरिष्ठ चिकित्सक साथै देशका अधिकांश भाग पुगी समाजसेवा गरेर चर्चामा आउनुभएका समाजसेवी डा.सैयदले काठमाडौंको तारकेश्वर ८ मा अवस्थित मानवसेवा संस्थामा आश्रित २१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
शैक्षिक क्षेत्रमा अगाडि बढ्नकालागि प्रोत्साहन र उर्जा प्रदान गर्ने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको डा. सैयदले बताउनुभयो । आगामी दिनमा पनि यस खालका सहयोगका गतिविधिहरुलाई निरन्तरता दिंदै जाने प्रतिबद्धतासमेत जनाउनुभयो । पबित्र कार्यमा सबै सहयोगी हात अगाडि बढाउन उहाँले आब्हानसमेत गर्नुभयो । विद्यार्थीहरुलाई खान, बस्न तथा शैक्षिक सामग्रीहरु सहयोस्वरु प्राप्त भईरहेको जानकारी दिंदै सञ्चालिका सरु रानाभाटले स्वागत मन्तब्यसहित संस्थाको गतिविधिकाबारेमा मन्तब्य राख्नुभएको थियो ।

Google search engine
Google search engine