वालिङ, १६ बैशाख ।
स्याङ्जाको वालिङ ५ जगतभञ्ज्याङमा बृहत निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा जिल्ला आँखा उपचार केन्द्र वालिङ र सफल डेन्टल क्लिनिक वालिङको प्राविधिक सहयोगमा एकदिने निशुल्क शिविर सम्पन्न गरिएको हो । शिविरमा आँखासम्बन्धी दुई सय १५ जनाको उपचार गरिएको छ । जसमध्ये ५१ जनामा मोतियाविन्दु देखिएको छ भने १२ जनाको आँखाको शल्यक्रियाकालागि हिमालयन आँखा अस्पताल पोखरा पठाईएको छ ।
शिविरमा एक सय ५ जनाको दाँतको परीक्षण गर्नुकासाथै ४२ जनाको दाँत उखेलिएको थियो । आफ्नै गाउँ ठाउँमा आँखा तथा दन्त शिविरबाट सेवा लिन पाएसँगै स्थानीय लाभान्वित भएका हुन् ।
शिविरमा वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«ेले वालिङका नागरिकहरुमा स्वास्थ्यसम्बन्धी आधारभूत पहुँच पु¥याउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यस खालका शिविरलाई अन्य वडाहरुमा पनि सञ्चालन गर्ने बताउनुभयो । नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजनाहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो । कार्यक्रममा समाजसेवीहरु नरप्रसाद रेग्मी, जमुना खड्का, डालबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डे लगायतले गाउँ ठाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकसमक्ष स्वास्थ्यको पहुँच पु¥याउन मद्दत पुगेको बताउनुभयो ।
कार्यपालिका सदस्य जुना थापाको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह वडा अध्यक्ष छवि आलेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव डोलजंग गुरुङले गर्नुभएको थियो ।