बुलेटिन नेपाल डटकमको शुभारम्भ

0
337
Google search engine

वालिङ, १ बैशाख ।

Google search engine

स्याङ्जाको वालिङमा आज बुलेटिन नेपाल डटकमको शुभारम्भ गरिएको छ । बिएनसी मिडिया प्रालिले सञ्चालनमा ल्याएको बुलेटिन नेपाल डटकमको वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे र निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

वालिङलाई केन्द्रविन्दुमा राखेर समग्र स्याङ्जा जिल्लासहित देश र विदेशका विभिन्न विषयलाई ज्ञान, सूचना र समाचारकामाध्यमबाट पाठकसमक्ष पुर्याउने लक्ष्यसहित बुलेटिन नेपाल डटकमको थालनी गरिएको हो ।

अनलाईन सञ्चार माध्यमको शुभारम्भ गर्नुहुँदै उपप्रमुख गैह्रेले सत्य तथ्य र यथार्थतालाई सकारात्मक ढंगले समाचार तथा सूचनाका माध्यमबाट नागरिकहरुलाई सुसूचित गराउन बुलेटिन नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

जुनसुकै क्षेत्रमा भएका विकास निर्माण तथा असल अभ्यासहरुलाई उदाहरणकारुपमा प्रस्तुत गर्दै अगाडि बढाउन र कमि कमजोरीहरुलाई सकारात्मक सुझावहरुसहित सुधार गर्नतर्फ सचेत गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

“खोजमूलक समाचारहरु, असल अभ्यासलाई बढी प्राथमिकता दिएर अनलाईनमा प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ” उहाँले भन्नुभयो, “नकारात्मक भन्दा पनि सकारात्मक समाचार तथा विषयलाई स्थान दिंदै गएको खण्डमा पाठकहरुको मन जित्ने र समाज रुपान्तरणमा विशेष महत्व पुग्ने छ ।”

समाचारका अंगहरुको सही प्रयोग गरी सत्य, तथ्य र बस्तुनिष्ठ तरिकाले सम्प्रेषण गर्नुपर्ने सुझाव निवर्तमान नगर प्रमुख खाँणको छ ।

समाज रुपान्तरणमा सकारात्मक सन्देश दिने खालका समाचारहरुलाई प्राथमिकतासहित प्रकाशन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुनैपनि आग्रह, पूर्वाग्रहमा नलागी सबैलाई समान दृष्टि राखेर सन्तुलित ढंगले समाचारहरु प्रकाशन गरी विस्वासिलो सञ्चार माध्यमकोरुपमा स्थापित गर्न सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

“समाचारहरु नकारात्मकमात्रै हुँदैनन् सकारात्मक तवरले पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्” उहाँले भन्नुभयो, “सञ्चार माध्यमहरुले कहिलेकाँही सकारात्मकभन्दा पनि नकारात्मकतालाई बढी महत्व दिंंदा विश्वासनियता खस्कदै जाने भएकाले त्यसमा विशेष ध्यान दिएर अगाडि बढ्न सक्नुपर्छ ।”

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ (१) का सभापति अर्जुनप्रसाद खनाल, वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता पदमराज गुरुङ, वडा नं. ११ का वडा अध्यक्ष डण्डापानी पंगेनी, १२ का वडा अध्यक्ष विश्वजंग गुरुङ, १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु), वडा नं. ५ का वडा अध्यक्ष छवि आले लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Google search engine