स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा भागवतप्रकाश मल्लको उम्मेदवारी

0
1
Google search engine

नेपाली कांँग्रेसका युवा नेता भागवतप्रकाश मल्लले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुहुने भएको छ । काँग्रेस स्याङ्जाको राजनीतिमा चर्चामा रहनुभएका मल्ल पार्टीमा प्रभाव राख्ने नेताकोरुपमा रहनुभएको छ । जिल्लाबासीको सुखदुखमा र घरदैलोमा पुग्न सफल मल्लले यसअघि गण्डकी प्रदेश सभाको सदस्यकोरुपमा रहेर काम गरिसक्नुभएको छ । नेपाल तरुण दल स्याङ्जाको अध्यक्ष भएर काम गरिसक्नुभएका मल्ल जिल्लाबासीहरुको रोजाईमा पर्नुहुन्छ । १४ औं महाधिवेशनका शिलशिलामा स्याङ्जा जिल्लाको सभापतिकोरुपमा प्रतिस्पर्धामा उत्रिनुभएको थियो । उहाँ हालका जिल्ला सभापति राजु थापासित झिनो ३२ मतले पराजित हुनुभएको थियो । पराजित भएपनि निरन्तररुपमा नेता कार्यकर्ताहरुसित सम्पर्क तथा सुखदुखमा र जहाँ खोज्यो त्यहीँ भेटिने नेताकोरुपमा पहिचान बनाउन सफल हुनुभएको छ । युवामाझ लोकप्रिय मानिने मल्ल पार्टी संगठनमा जुझारु र सशक्त नेताकारूपमा परिचित हुनुहुन्छ । १४ औं महाधिवेशनका सन्दर्भमा क्षेत्र नं २ मा सबैभन्दा धेरै मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।
महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसँगै मल्लले पार्टीको आगामी महाधिवेशन र स्याङ्जा कांँग्रेसको राजनीतिक समीकरणमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लैजानुभएको छ । स्याङ्जा क्षेत्र नं २ अन्तर्गतका भीरकोट, वालिङ, गल्याङ र चापाकोटस्थित पालिका सभापतिहरु आँफू अनुकूलका बिजयी वा सर्वसम्मत भएकाले पनि उहाँलाई महाधिवेशन प्रतिनिधिमा सहज हुने देखिन्छ ।

Google search engine
Google search engine