जेनजी सहिदको सम्झना र भोटेकोशी बाढीपीडितको सहयोगार्थ वालिङमा बृहत रक्तदान

0
23
Google search engine

वालिङ, २४ भदौ ।
अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जेनजी सहिदहरुको सम्झना तथा भोटेकोशी बाढी प्रभावितहरुको सहयोगार्थ वालिङमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वालिङ–१०, फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलको आयोजना एवम् नेपाल रेडक्रस सोसाईटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले जेनजी सहिदहरुको त्यागको सम्मान र भोटेकोशीका बाढी प्रभावितहरुको घाउमा मलम पट्टी लगाउने उद्देश्यले आयोजित यो रक्तदान कार्यक्रम अत्यन्तै प्रशंसनीय र मानवीय कार्य भएको बताउनुभयो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका सभापति दिनेश अर्यालले मानवीय सेवामा रेडक्रसको भूमिका र रक्तदानले सङ्कटमा परेका मानिसहरुको जीवन रक्षा कसरी गर्छ भन्ने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।
विद्यालयका नेपाल जुनियर रेडक्रस सर्कलका सभापति कृश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने शिक्षक नायव यज्ञपुरुष रिजालले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।

Google search engine
Google search engine