बाढी प्रभावितको लागी ३० लाख बराबरको नगद राहत स्वरुप उपलब्ध गराउने निर्णय

0
2
Google search engine

वालिङ, १५ भदौ ।
चीनको तिब्बतदेखि सुरु भई नेपालको भोटेकोशी हँुदै यहाँका विभिन्न नदीतटीय क्षेत्रमा भएको बिध्वंसात्मक बाढी प्रभावितकाको उद्धार तथा राहतका लागि पहिलो चरणमा झण्डै ३० लाख बराबरको नगद राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेका छन् ।
राहत उपलब्ध गराउनेमा नेपाली काँग्रेस स्याङ्जासहित यहाँका ५ वटा स्थानीय पालिकाले सो को प्रतिबद्धता सहित कोषमा रकम जम्मा गर्ने निर्णय गरेका हुन् ।
स्याङ्जाका ११ स्थानीयपालिका मध्ये भीरकोट नगरपालिकाले ५ लाख, यहाँका जनप्रतिनिधिले २ लाख र नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकका गरीे ५ दिन बराबरको तलब सुविधावापतको रकम उद्धार कोषमा जम्मा गर्ने नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । भीरकोटले झण्डै १० लाखको सहयोग गर्ने अनुमान छ ।
चापाकोट नगरपालिकाले ५ लाख सहित जनप्रतिनिधिले ५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएको नगरप्रमुख देवबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार चापाकोटले पनि झण्डै ७ लाख मूल्य बराबरको सहयोग पुग्ने भएको छ ।
आँधीखोला गाउँपालिका र हरिनास गाउँपालिकाले यसबर्ष तीज प्रतियोगिताका लागि विनियोजित रकम उद्धार, राहतका लागि सहयोग गर्ने जनाएका छन् ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार तीजगित प्रतियोगिताकालागि विनियोजित ५ लाखसहित जनप्रतिनिधि र कर्मचारी सहितका केही पारिश्रमिक थप गरेर पठाउने भएका छौं ।
हरिनास गाउँपालिकाले ५ लाख उपलब्ध गराउने भएको अध्यक्ष खिमनारायण मानन्धरले जानकारी गराउनुभयो । अर्जुनचौपारी गाउँपालिकाले बाढीपहिरो प्रभावितका लागि १ लाख रुपैयाँ र यहाँ निर्मित नवग्रह मन्दिर ब्यवस्थापन समितिले ५० हजार नगद सहयोग उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।
यसैगरी, नेपाली काँग्रेस स्याङ्जाले १ लाख नगद बाढी प्रभावितकालागि उपलब्ध गराउने निर्णय गरेको सभापति राजु थापाले बताउनुभयो । सहयोगीहरु सबैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा गर्ने जनाएका छन् ।
बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायतका जिल्लामा धेरै मानवीय तथा भौतिक क्षति पुगेको छ । स्थानीयपालिकाले सूचनाप्रकाशित गर्दै राहत सहयोगको घोषणासँगै बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ र वेपत्ताहरुको खोजीकार्यको कामना गर्दैै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

Google search engine
Google search engine