भोटेकोशी बाढी प्रभावितका लागी सहयोग स्वरुप वालिङमा राहत संकलन

0
8
Google search engine

वालिङ, १५ भदौ ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रका नागरिकहरुको सहयोगकालागि वालिङ उद्योग वाणिज्य संघले रकम तथा खाद्यान्न संकलन गरेको छ ।
वाणिज्य संघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरुको सहभागितामा वालिङ बजारमा घरदैलोमार्फत सहयोग रकम संकलन गरेको संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले बताउनुभयो ।
वाणिज्य संघको पहलमा कटहरबोट, वालिङबजार, केदारनाथ मार्ग, मिर्दी, रामबाच्छा बजारबाट एक लाख ६६ हजार ९ सय ३५ रकम संकलन भएको हो ।

Google search engine

त्यस्तै वाणिज्य संघका निवर्तमान अध्यक्ष, बहालवाला अध्यक्ष, पदाधिकारी तथा समितिबाट ६८ हजार रुपैयाँ गरी कूल २ लाख ३४ हजार ९ सय ३५ स्वेच्छिकरुपमा रकम तथा खाद्यान्न संकलन गरिएको हो । संकलन भएको रकम प्रधानमन्त्री राहतकोषमार्फत र खाद्यान्न जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत प्रभावित क्षेत्रमा पठाईने भएको हो । वाणिज्य संघको पहलमा आईतबारमात्रै वालिङ बजारमा सञ्चालन गरेको सहयोग अभियान सकिएको र यस अभियानमा सहयोग गर्ने सम्पूर्णमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।


त्यस्तै वालिङ फेन्सी व्यावसायी संघले भोटेकोशीको बाढीबाट प्रभावित नागरिकहरुलाई लक्षित गरी लत्ताकपडाहरु संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत प्रभावित क्षेत्रमा लत्ताकपडा, भाँडावर्तनहरु, औषधिलगायतका सहयोग सामग्रीहरु संकलन गरी पठाउने तयारी भएको वालिङ फेन्सी व्यावसायी संघका अध्यक्ष शिव पंगेनीले जानकारी दिनुभयो ।

यस्तै नेपाल स्वयंसेवक सञ्जालले पनि वालिङमा राहत संकलन गरेको छ ।

Google search engine