गोपिकृष्ण रेग्मी
चापाकोट, ६ भदौ ।
द राइजिङ ग्रुप चापाकोटको आयोजनामा ७ औं कालीगण्डकी गोल्ड कप–२०८३ आगामी कात्तिक १३ गतेदेखि १८ गतेसम्म गंगालाल माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु. ३ लाख तथा उपविजेताले रु. १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । शनिबार बसेको भेलाले प्रतियोगिताको खेल संयोजकमा धिरज खाँणलाई जिम्मेवारी दिने निर्णय गरेको छ । साथै, खेलाडीहरूलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षकको व्यवस्था गरी प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।
प्रतियोगितालाई सफल बनाउन देश तथा विदेशमा रहेका सबैलाई सहयोगका लागि आग्रह गर्दै द राइजिङ ग्रुप चापाकोटका अध्यक्ष लालबहादुर घर्तीले खेलकुदसँगै युवाको क्षमता विकास र सामाजिक एकतामा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।





