तोलाकान्त बगाले
वालिङ, ६ भदौ ।
रिटर्निज कोरिया स्याङ्जा परिवारको जिल्ला अधिवेशन शनिबार वालिङमा सम्पन्न भएको छ । अधिवेशनले जीवलाल काफ्लेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गुरुप्रसाद कोईराला, उपाध्यक्षमा भुवनकुमारी गुरुङ, तारा थापा, सचिवमा तुलसीराम तिवारी, सहसचिवमा मणिप्रसाद खनाल, कोषाध्यक्षमा केशभक्त गुरुङ, सहकोषाध्यक्षमा दिपेन्द्र सेञ्चुरी रहनुभएको छ ।

त्यस्तैगरी सदस्यहरुमा रामप्रसाद न्यौपाने, सूर्य भण्डारी, सूर्यप्रसाद अर्याल, दीपक गोतामे, बिपना गुरुङ र नारायणप्रसाद सुवेदी रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष काफ्लेले कोरियाबाट फर्केसँगै त्यहाँ सिकेका सीप, ज्ञान, अनुभवहरु एक आपसमा आदान प्रदान गरी व्यावसाय प्रवद्र्धन लगायतका क्षेत्रमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

दोस्रो अधिवेशन समारोहमा बोल्नुहुँदै भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले कोरियाबाट फर्केर आएका व्यक्तिहरुको हकहित तथा उनीहरुको सीप उपयोगकालागि यस संस्थाले सहजीकरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रोजगारीका शिलशिलामा कोरियामा सिकेको सीप, प्रविधिसाथै वचत भएको पूँजीलाई नेपालमै सामूहिक तथा व्यक्तिगतरुपमा लगानी गर्न प्रोत्साहन पुग्ने गतिविधिहरु सञ्चालन गर्नकालागि सुझाव दिनुभयो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव गुप्तप्रसाद गैह«े, भीरकोट नगरपालिकाका लेखा अधिकृत बुद्धिप्रसाद सुवेदी, निर्वाचन मण्डलका संयोजक गुप्त गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।





