वालिङ, १७ असार ।
लियो जिल्ला परिषद ३२५ एम , नेपालको आयोजना लायन वर्ष २०२६/२७ को लागि कार्यसमिति घोषणा तथा कार्यसमिति प्रशिक्षण कार्यक्रम असार १४ गते काठमाडौं मोडेल कलेजमा लायन्स अन्तर्राष्ट्रिय डिष्टिक ३२५ एम , नेपाल का सेकेन्ड भाइस गभर्नर लायन बलराम सुबेदीज्युको प्रमुख आतिथ्यतामा समपन्न गरेको छ l प्रमुख आतिथिको मन्तव्य राख्ने क्रममा युवा नेतृत्व युवा उधमशिलतामा जोड दिनुभएको थियो l कार्यक्रममा प्रक्षिक्षकको रुपमा लियो जिल्ला परिषद ३२५ एल नेपालका पुर्ब अध्यक्ष लियो योगेश गौतम , साथै एम नेपाल का पुर्ब अध्यक्ष लियो अाश्विन खतिवडाको उपस्थिति रहेको थियो l

कार्यक्रममा लायन बर्ष २०२६/२७ का अध्यक्षले एक बर्ष कार्ययोजना प्रस्तुति सगै जिम्मेवारी बाडफाड गर्नुभएको थियो l कार्यक्रममा स्वागत मन्तव्य निर्वाचित अध्यक्षले राख्नु भएको थियो भने अध्यक्षता निर्वाचित अध्यक्ष र सचालन मनोनीत सचिब लियो डेजिना गडालले गर्नु भएको थियो l






