वालिङ, २२ असार ।
वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा अनुपमा ढुंगाना तिवारी निर्वाचित हुनुभएको छ । वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशनबाट अध्यक्षमा तिवारी निर्विरोध निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा तिवारी निर्विरोध निर्वाचित हुनुभएपनि अन्य सबै पदहरुमा निर्वाचन भएको निर्वाचन अधिकृत लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयो । अध्यक्ष पदमा ३ जनाको मनोनयन परेको भएपनि अन्य २ जना अध्यक्षका आकांक्षीले उम्मेदवारी फिर्ता लिएपछि तिवारी निर्विरोध निर्वाचित हुनुभएको हो । वालिङ उद्योग वाणिज्य संघ स्थापना भएदेखि तिवारी पहिलो महिला अध्यक्ष बन्न सफल हुनुभएको हो । गएराति सम्पन्न मतगणनाबाट अध्यक्ष तिवारीको सम्पूर्ण प्यानल बिजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा शंकर डुम्रे निर्वाचित हुनुभएको छ । उहाँले ४३९ मतसहित बिजयी हुँदा उहाँका प्रतिस्पर्धी प्रकाश अर्यालले ३०१ मत प्राप्त गर्नुभएको हो ।
उपाध्यक्षमा सुविन्द्र गुरुङले ४२६ मत ल्याएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी शिव पंगेनीले ३१० मत ल्याउनुभएको छ । महासचिवमा तिवारी प्यानलकै बिमल अर्याल बिजयी हुनुभएको छ । अर्यालले ४६२ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी खिमानन्द पराजुलीले २७० मत प्राप्त गर्नुभएको हो । त्यस्तै सचिवमा अशोक पौडेलले ५०० मत प्राप्त गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी दुर्गा न्यौपानेले २२३ मत प्राप्त गर्नुभयो । त्यस्तै कोषाध्यक्षमा केशव पराजुलीले ५२५ ल्याएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी चिरञ्जीवी रेग्मीले २०१ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्षमा गोविन्द तिवारीले ५२६ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी लोकप्रसाद काफ्लेले १९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

सदस्यहरुमा पनि ९ जना सबै तिवारी प्यानलका उम्मेदवारहरु बिजयी हुनुभएको छ । सदस्यहरुमा सबैभन्दा धेरै मत ल्याएर बिजयी हुनेमा स्वीकार कोईराला हुनुहुन्छ । उहाँले ५५७ मत ल्याउनुभएको छ । त्यस्तै सदस्यहरुमा पार्वती पंगेनीले ५३८, विनोद पराजुलीले ५३४, नितु झेंडी रानाले ४९७, छायाँदेवी लुईटेल अधिकारीले ४८१, अनुरुद्र पाण्डेले ४८०, सुन्दर बिकले ४६०, रमेश भुसालले ४५९ र सुन्दर न्यौपानेले ३९७ मत ल्याएर बिजयी हुनुभएको हो । ९ जना सदस्यकालागि भएको निर्वाचनमा सूर्यप्रसाद रेग्मीले ३२०, शान्ति श्रेष्ठले ३११, देवराज गैह«ेले ३०२, राज भट्टराईले २८५, देउरुपा डुम्रेले २७९, रुक्मागत गैह«ेले २५१ र धनबहादुर कुँवरले २४१ मत प्राप्त गर्नुभएको हो । वालिङ उद्योग वाणिज्य संघको आईतबार (हिजो) भएको मतदानमा कूल ७८७ मत खसेको थियो । संघमा कूल ९३१ मतदाता रहेका छन् ।





