वालिङ ३१ बैशाख ।
स्याङ्जाको वालिङमा प्राईम टायल्सको नयाँ शोरुम सञ्चालनमा आएको छ । नेपालको अग्रणी टायल्स उत्पादक प्राईम सिरेमिक्स प्रालिले वालिङ १० भकुण्डेस्थित न्यू भुसाल स्टोरमार्फत आफ्ना गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको हो । नयाँ शोरुमले स्थानीय उपभोक्ताहरुलाई अन्तर्राष्ट्रियस्तरको डिजाइन र गुणस्तरीय टायल्स सहजरुपमा उपलब्ध गराउने कम्पनीका महाप्रबन्धक प्रदीपकुमार झाले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७८÷०७९ देखि एकल ब्राण्डकोरुपमा नेपालकै सबैभन्दा बढी बिक्री हुन सफल प्राईम टायल्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै देशव्यापी डिलरको नेटवर्क बनाएको बताउनुभयो ।

फ्लोर र वाल दुबैमा नेपाल गुणस्तर (एनएस) प्रमाणपत्र प्राप्त गर्ने पहिलो कम्पनी भएको कम्पनीका क्षेत्रीय विक्री प्रबन्धक सुवास पौडेलले जानकारी दिनुभयो । २०७८ सालमा रौतहटको वृन्दावनमा अत्याधुनिक प्रविधियुक्त कारखाना स्थापना गरी प्राइम सिरेमिक्स प्रालिले नेपाली उपभोक्ताकालागि गुणस्तरीय टायल्स उत्पादन गर्न सुरु गरेको हो । कम्पनीले हाल वार्षिक ४० लाख वर्गमिटर उत्पादन क्षमता र तीन अर्व रुपैयाँको लगानीमा उद्योग स्थापना भएको हो ।

शोरुम उद्घाटन समारोहमा न्यू भुसाल स्टोर्सका सञ्चालक पिताम्बर भुसालले टायल्सहरु सिधै कम्पनीबाट यहाँसम्म आउने भएकाले बुटवल पोखराकै मूल्यमा वालिङमै उपलब्ध गराउने बताउनुभयो । नेपालमै उत्पादन भएको, स्वदेशी उत्पादनलाई माया गर्नुपर्नेमा जोड दिंदै लामो समयसम्म टिकाउ हुने प्राईम टायल्स प्रयोग गर्नकालागि उहाँले उपभोक्ताहरुमा आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योगी, व्यापारी, ईञ्जिनियर, निर्माण व्यवसायी, आर्किटेक, कन्ट्रयाक्टरलगायत डिलर वर्ग र टायल्स मिस्त्रीहरुको उपस्थिति रहेको थियो ।





