रैथाने बाली र जडीबुटीबाट अचार बनाउने तालिम

0
58
Google search engine

वालिङ, २० बैशाख ।

Google search engine

महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र आँधीखोला गाउँपालिका वडा नं. १ को सहकार्यमा महिलालाई तालिम दिएपछि अहिले उहाँहरु व्यावसायिक रुपमा अचार बनाउन सुरु गरिसक्नुभएको छ ।

स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकेका थिए ।

आँधीखोला गाउँपालिका उपाध्यक्ष सिता थापाले ,उद्यमशिलता मार्फत् आयआर्जन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । आँधीखोला गाउँपालका वडा नं. १ का वडा अध्यक्ष पवनकाजी अधिकारीले भन्नुभयो “हाम्रो बारीमा सिम्किना लटरम्म फल्छ, फलेको सबै खान नसक्दा धेरै खेर जान्थ्यो, अहिले तालिम पछि, खुसार्नी, मुला, साग केहीपनि खेर फाल्न हुँदो रैनछ भन्ने लागेको छ, तालिम पाएपछि अहिले बिहान बेलुका घरको काम गरेर फुर्सदको समय अचार बनाउनु पर्ने बताउनु भयो ”, अधिकारीले भन्नुभयो, “५/७ दिनमै मीठो अचार बन्दो रैछ, अब बनाएर नजिकैको सिरुवारी होमस्टे र अन्य बजार पठाउने योजना बनाएका छौँ ।”

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले स्थानीय स्तरमा रहेका रैथाने बाली, जडीबुटी र तरकारीको प्रयोगबाट स्वस्थ र अर्गानीक अचार बनाई सहभागीहरुलाई आत्मनिर्भर सँगै होमस्टेमा आउनललाई अचार पर्यटनसँग जोड्नु कार्यालयको उद्धेश्य रहेको बताउनु भयो ।

आँधीखोला गापा वडा नं. १ की निरुता ढकालले अचारबाट राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । आफूहरुले सीप नसिक्दा अहिलेसम्म धेरै तरकारी खेर गएको सुनाउँदै उहाँले तालिम लिएपछि व्यावसायिक रुपमा अचार उत्पादन गर्न तर्फ लाग्ने बताउनुभयो ।

प्रशिक्षक एवम् महिला उद्यमी चन्द्रकला रानाले अचार बनाउनका लागि धेरै समय र खर्च नलाग्ने तर आम्दानी भने मनग्य गर्न सकिने बताउनुहुन्छ ।

Google search engine