जिल्ला बालसञ्जाल स्याङ्जाद्धारा बालबालिकाको साझा अपेक्षा र सार्वजनिक अनुरोध जारी

0
234
Google search engine

वालिङ, ५ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाको प्रयोग लाई रोक्न र बालबालिका विषयवस्तुलाई उमेदबारको घोषणापत्रमा समावेश गरी बालबालिकाको सर्वोपरि हित, संरक्षण र बालअधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

Google search engine

जिल्ला बालसञ्जाल अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा मंगलबार स्याङ्जामा जिल्ला बालसञ्जालका पदाधिकारी र सदस्यहरुबीच भएको अन्तरक्रिया पछी जारी भएको विज्ञप्तीमा चुनावी प्रक्रियामा बालबालिकाको संरक्षणको लागि बालबालिकालाई निर्वाचन प्रचारप्रसार,जुलुस, नाराबाजी, डिजिटल प्रचारप्रसार, पोष्टर वितरण र कुनैपनि राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग पूर्णरुपमा बन्द गर्न माग गरिएको छ । साथै आसन्न प्रतिनिधि सभा निर्वाचनमा स्याङ्जाका उमेदबारहरुलाई उनीहरुको घोषणापत्रमा बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै शासकीय प्रक्रिया बजेट निर्माण, नीति निर्माणमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चत गर्दै निशुल्क शिक्षा, विद्यालयलाई शान्ति क्षेत्रको रुपमा व्यवहारमा कार्यान्वयनको लागि पहल, अपांगता भएका र पिछडिएका बालबालिकालाई समावेशी शिक्षाको वातावरण गर्ने, बालगृहलाई राज्यको तर्फबाट सहयोग गर्न, सबै बालबालिकाको लागि आधारभूत स्वास्थ्य सेवा, खोप पोषण कार्यक्रम तथा नियमित स्वास्थ्य परिक्षण सुनिश्चित गर्न विज्ञप्तिमा उल्लेख गरेका छन् । बालमैत्री शासन स्थापना गर्दै डिजिटल जखिम र जलवायु परिवर्तन लगायतबाट बालबालिकालाई सुरक्षित राख्ने योजना समावेश गर्न माग गरिएको छ । राज्य सञ्चालनका हरेक प्रक्रिया पारदर्शिता र सुशासन युक्त हुनुपर्ने कुरामा समेत जोड दिएका छन् । उनीहरुले सम्पूर्ण राजनीतिक दल, उमेदबार, जनप्रतिनिधि, सरकारी र गैरसरकारी निकाय, अभिभावक, शिक्षक, सञ्चार माध्यम , नागरिक समाज र अन्य सरोकारवाला सबैलाई बालबालिकाको पक्षमा साझा जिम्मेबारी बहन गर्न आवह्नान गरेका छन् ।

Google search engine