नवौं वालिङ महोत्सवको आठौं दिन कन्दरा ब्याण्डले मच्चाए धमाका

0
155
Google search engine

वालिङ, २२ माघ ।
स्याङ्जाको वालिङ खेलमैदानमा नवौं वालिङ महोत्सव जारी रहेको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १४ गतेबाट सुरु भएको महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिईरहेका छन् । यसैअन्र्तगत आठौं दिन हिजो लोक तथा पप विधाका चर्चित कलाकारहरूले दर्शकहरुलाई मनोरञ्जन दिएका हुन् ।
लोक दोहोरी क्षेत्रका अत्यन्तै लोकप्रिय गायक पशुपति शर्मा मुख्य आकर्षणको रूपमा रहनुभएको थियो । गायक शर्मासँगै लोकदोहोरी गायिकाहरू शिला गुरुङ, ममता तामाङ र सुभास गुरुङले आफ्ना चर्चित गीतहरू मार्फत दर्शकलाई मनोरञ्जन दिनुभएको हो । चर्चित सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’ले महोत्सवको आठौं दिनको रातमा धमाका मच्चाएका छन् । उक्त ब्याण्डको कन्सर्टमा तालमा ताल मिलाएर दर्शकले मनोरञ्जन लिएका हुन् ।

Google search engine


हाम्रो गौरब हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नारासहित सुरु भएको वालिङ महोत्सवले यहाँको कृषि, पर्यटन, आर्थिक, सांस्कृतिक, धार्मिक क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास आयोजक वालिङ उद्योग वाणिज्य संघले गरेको छ ।
महोत्सवमा आज २२ गते बिहीबार चर्चित गायक अर्जुन सापकोटा, अर्जुन गैह«े, सुनिता नेपाली, नेत्र गुरुङ, ममता तामाङ, नम्रता थापा, राजेन्द्र गुन्दु्रकेलगायतका कलाकारहरुको उपस्थिति रहने छ ।

Google search engine