स्याङ्जाको विकासमा कटिबद्ध छौ हामीलाई विश्वास गर्नुस् ः स्याङ्जा २ का उम्मेदवार

0
119
Google search engine

आरती कुँवर
वालिङ, १७ माघ ।
स्याङ्जाको विकासका लागि कटिबद्ध रहेको भन्दै विश्वास गर्न स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवारहरुले बताएका छन् । स्याङ्जाको वालिङमा अकला आवाज साप्ताहिकले आयोजना गरेको मतदाताको प्रश्न उम्मेदवारको जवाफ विषयक सार्वजनिक बहसमा नेकपा एमालेका उम्मेदवार खिम थापा, रास्वापाका उम्मेदवार झविलाल डुम्रे लगायत नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर विश्वकर्मा, राप्रपाका उम्मेदवार रविन पाठक, नेशनल रिपब्लिक पार्टीका तेजबहादुर थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार राजेन्द्र गैह्रे, जय मातृभुमि पार्टीका धनबहादुर थापाले आफ्ना एजेण्डाहरु मार्फत यस्तो भन्नुभएको हो ।
वालिङमै सुविधा सम्पन्न अस्पताल निर्माण, बाँदर नियन्त्रण, आईटीको प्रयोग, आँधीखोला हाईड्याम र सिद्धार्थ राजमार्गको स्तारोन्नतिलाई मुर्त रुप दिँदै पर्यटनको विकास गर्ने लगायतका एजेण्डाहरु साझा गर्दै आम नागरिकको मन र मतलाई सधैँ सम्मान गर्ने बताउनुभएको हो ।
यस्तै उम्मेदवारले भोटको लागि निर्वाचनका समयमा खाली आशा र झुटा आश्वासन दिने गर्छन् तर विजयी भएपश्चात् आम नागरिकका गुनासा ‘ज्युँ का त्युँ’ हुने गरेको भन्दै स्याङ्जाका मतदाताले गुनासो गरेका छन् । यहाँका मतदाताले हाम्रा समस्या जस्ताको त्यस्तै रहेको भन्दै गुनासो गरेका हुन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेको बेला स्याङ्जाका मतदाताले आगामी उम्मेदवारसंग गरेका अपेक्षा र उम्मेदवारहरुले आम नागरिक तथा समग्र स्याङ्जाको विकासका लागि बनाएका ऐजेण्डाका बारेमा सार्वजनिक बहस गर्न यो साझा मञ्च उपलब्ध गराईएको अकला आवाजका अध्यक्ष प्रकाश डुम्रेले बताउनुभयो । अकला आवाज साप्तहिकका अध्यक्ष तथा प्रधान सम्पादक डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकला आवाजका प्रबन्धक धु्रर्व गौडेल र पत्रकार हिमलाल पराजुली एवम् केपी खनालले सहजीकरण गर्नुभएको थियो भने स्वागत कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गर्नुभएको थियो ।

Google search engine
Google search engine