नवौं वालिङ महोत्सव २०८२

0
188
Google search engine

‘हाम्रो गौरब हाम्रो शान–वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुल नाराकासाथ यही माघ १४ गतेदेखि नवौं संस्करणको वालिङ महोत्सव सुरु हुँदै छ । वालिङ उद्योग वाणिज्य संघले प्रत्येक २÷२ वर्षमा सञ्चालन गर्दै आएको वालिङ महोत्सवको नवौं संस्करणलाई सभ्य र भब्यरुपमा सम्पन्न गर्नकालागि आयोजक वालिङ उद्योग वाणिज्य संघले मूल आयोजक समिति तथा तयारीकालागि विभिन्न उपसमितिहरु गठन गरी कामलाई तिब्रता दिएको छ ।

Google search engine

जिल्लाकै पहिचानसँग महोत्सव जोडिएको छ ः संयोजक श्रेष्ठ

oppo_2

वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मुल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठ

बुधबारबाट सुरु हुन लागिरहेको महोत्सवका विभिन्न उपसमितिहरुले कामलाई तिब्रता दिएसँगै सम्पूर्ण तयारी सकिएको छ । महोत्सवको तयारीकालागि गठन भएका सबै उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम सम्पन्न भएको छ । वालिङ तथा समग्रमा स्याङ्जा जिल्लाकै पहिचानसँग जोडिएको महोत्सवलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नकालागि अनुरोध गर्दछु । महोत्सवले यहाँको आर्थिक, सांस्कृतिक, धार्मिक, व्यापारिक, कृषि, पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेका छौं । वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवमा उपस्थित भएर मेला अवलोकन गर्नुहुन र मेलालाई सभ्य र भब्यरुपमा सुसम्पन्न गर्नकालागि आवश्यक सल्लाह, सुझावहरु दिनुहुन सबैमा अनुरोध गर्दछु ।

महोत्सव सभ्य र भब्य ढंगबाट अगाडि बढ्दै छ ः सह संयोजक तिवारी

oppo_2

वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मुल आयोजक समितिका सहसंयोजक अनुपमा ढुंगाना तिवारी

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । तयारीकालागि गठन भएका सबै समिति तथा उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसारका कामहरु गरिसक्नुभएको छ । विगतका महोत्सवहरुभन्दा यस महोत्सवलाई पृथक र फरकपना दिने प्रयास गरिएको छ । महोत्सव सभ्य र भब्य ढंगबाट अगाडि बढ्ने छ । वालिङको प्रतिष्ठासँग जोडिएको यस महोत्सवले यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, कृषि, पर्यटनलगायतका क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने छ । १२ दिनसम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवमा उपस्थित भएर भरपूररुपमा मनोरञ्जन लिन सबैमा आग्रह गर्दछु ।

यो महोत्सव उत्कृष्ट बन्छ ः महासचिव अर्याल

oppo_2

वालिङ उद्योग वाणिज्य संघका महासचिव एवम् सचिवालय व्यवस्थापन उपसमितिका संयोजक रमेश अर्याल

महोत्सवसँग सरोकार राख्ने वा सम्बन्धित सम्पूर्णमा निमन्त्रणा पत्र पठाएर तयारी अन्तिम चरणमा पु¥याईएको छ । सचिवालयबाट कार्यसम्पादन हुने सम्पूर्ण कामहरुलाई छिटो, छरितो र चुस्तदुरुस्तरुपमा अगाडि बढाईएको छ । महोत्सवको तयारीकालागि अति आवश्यक पर्ने कार्यहरु सम्पन्न भईसकेको छ । महोत्सवलाई थप व्यवस्थित बनाउँदै विगतमा भएका कमी कमजोरीहरुलाई सुधार गर्दै यसपटकको महोत्सवलाई उत्कृष्ट महोत्सवकोरुपमा पहिचान दिने गरी काम भईरहेको छ ।

प्रचार प्रसारलाई व्यापक बनाईएको छ ः सचिव खनाल

वालिङ उद्योग वाणिज्य संघका सचिव एवम् प्रचार प्रसार तथा अतिथि कलाकार समन्वय उपसमितिका संयोजक पिताम्बर खनाल (सुशील)

वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागिरहेको नवौं वालिङ महोत्सवको प्रचार प्रसारलाई व्यापक बनाईएको छ । महोत्सवको मुख्य विषयकोरुपमा रहेको प्रचारप्रसारलाई गाउँ गाउँसम्म पु¥याएर महोत्सवस्थलसम्म धेरैभन्दा धेरै दर्शकहरु उपस्थित गराउनकालागि तयारी गरेका छौं । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन तथा फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालहरुको माध्यमबाट महोत्सवको प्रचार प्रसार भईरहेको छ भने बजारहरुमा ध्वजापतका तथा पोल व्यानर, स्वागत द्वारहरु निर्माण गरिएको छ । महोत्सव अवधिभर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासमेत ख्याती कमाएका चर्चित कलाकारहरुलाई वालिङ महोत्सवमा ल्याउने गरी तयारी भइरहेको छ । चर्चित कलाकारहरुको साथमा मनोरञ्जन लिन पाईने भएकाले पनि महोत्सव स्थलमा उपस्थित हुन पनि सबैमा आग्रह गर्दछु ।


खर्च मितव्ययिता र आर्थिक पारदर्शितामा जोड दिएका छौं ः कोषाध्यक्ष न्यौपाने

oppo_2

वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवम् आर्थिक व्यवस्थापन तथा मेस व्यवस्थापन उपसमिति संयोजक खगुपति न्यौपाने

महोत्सवको मुख्य पाटोकारुपमा रहेको आर्थिक व्यवस्थापनलाई पारदर्शीरुपले बैंकिङ प्रणालीमार्फत अगाडि बढाउँछौं । महोत्सव अवधिमा भएका सम्पूर्ण आम्दानी तथा खर्चलाई बैंकिङ प्रणालीमार्फत गरिने भएकाले पनि यो पारदर्शी हुने छ । प्रत्येक उपसमितिहरुलाई खर्च गर्नकालागि अधिकतम सिलिङ तोकेर दिएका छौं । तोकिएकोभन्दा बढी खर्च भएर आएको खण्डमा भुक्तानी गर्न नसकिने र बाहिरी फजुल खर्च रोक्ने तयारीमा छौं । कुनै होटल तथा अन्य बाहिरी बिलहरुको भुक्तानी फछ्र्यौट नगर्ने जानकारी सबै उपसमितिहरुमा गराएका छौं । होत्सवको तयारीमा खट्नुहुने आयोजक, अतिथिहरु, सुरक्षाकर्मीलगायतलाई आयोजकले मेस सञ्चालन गरी खाजा नास्ता तथा खानाको व्यवस्था सचिवालयबाटै गर्ने गरी तयारी थालेका छौं । महोत्सव सकिएपछि आम्दानी खर्च विवरण सबै सार्वजनिक गर्ने गरी तयारी गरेका छौं । आम्दानी खर्चलाई पारदर्शी बनाउनकालागि खर्चको अनुगमन गर्ने गरी छुट्टै उपसमितिसमेत गठन गरेर काम भईरहेको छ ।

स्थानीय व्यापारी व्यवसायीलाई स्टलमा छुट दिएका छौं ः सहकोषाध्यक्ष पराजुली

वालिङ उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष एवम् स्टल बुकिङ, गोल घर निर्माण, खर्च अनुगमन समितिका संयोजक केशब पराजुली

महोत्सवमा विभिन्न प्रकृतिका ४०० बढी स्टलहरु रहने छन् । कृषि, हस्तकला लगायतका सामग्रीहरु प्रदर्शन गरिने स्टलहरु निशुल्करुपमा उपलब्ध गराईने छ भने अन्य स्टलहरु शुल्कसहितका हुनेछन् । होटल व्यवसाय, फेन्सी तथा भाँडाकुडाका सामग्री र खाद्यान्न सामग्रीहरु बिक्री गर्ने स्टलहरु रहेका छन् । वालिङ उद्योग वाणिज्य संघका सदस्यलाई स्टलमा ३० प्रतिशतसम्म छुटको व्यवस्था मिलाईएको छ । यसवर्षको आकर्षणकोरुपमा लोप हुँदै गएको गोल घर निर्माण गरी प्रदर्शनमा राखिएको छ । खर्चलाई मितव्ययी बनाउनकालागि खर्चलाई न्यूनिकरण गर्नकालागि खर्च अनुगमनमा ध्यान दिईएको छ ।

Google search engine