आजदेखी नवौँ वालिङ महोत्सव वालिङ खेलमैदानमा शुरु हुँदै, ढकालले उद्घाटन गर्ने

0
118
Google search engine

आरती कुँवर
वालिङ, १४ माघ ।
हामो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आजदेखी नवौँ वालिङ महोत्सव वालिङ खेलमैदानमा शुरु हुँदैछ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि माघ २५ गते सम्म सञ्चालन हुन लागेको महोत्सवको तयारी पुरा भएको वालिङ उद्योग वाणिज्यले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको नवौँ वालिङ महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल सुशिलले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका अवसरमा विभिन्न झाकी ¥याली सहित भव्य उद्घाटन हुने उहाँले जानकारी दिनुभयो ।

Google search engine

महोत्सवमा चार सय स्टल निर्माण गरिएका छन् भने ६० स्टल कृषि तथा हस्तकलाको लागि निःशुल्क रहेका छन् । करिब ३ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधरणलाई १०० तथा विद्यार्थीलाई ७० रुपैयाँ टिकटदर निर्धारण गरिएको छ भने अपाङ्गता तथा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई कार्डका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको वाणिज्य संघले जनाएको छ ।

Google search engine