दोस्रो शिक्षा, सिप तथा उद्यमशीलता मेला वालिङमा हुँदै

0
462
Google search engine

आरती कुँवर
वालिङ, ३१ चैत ।
स्याङ्जाको वालिङमा दोस्रो स्याङ्जा शिक्षा, सिप विकास तथा उद्यमशीलता मेला हुने भएको छ । नयाँवर्ष २०८२ सालको शुरुवात संगै बैशाख १, २ र ३ गते तिन दिनको मेला हुने भएको शनिबार वालिङमा पत्रकार भेटघाट मार्फत जानकारी दिईएको हो । मेलाको स्याङ्जा थिङ्क ट्याङ्क आयोजक रहेको छ भने बिआईसिटी क्लब सह आयोजक र वाई सेन्टर सहयोगी संस्था रहेको छ । स्थापनाको छोटो समयमै आफ्नो मुख्य ध्येय अनुरुप २०८१ बैशाखमा पहिलो चरणको शिक्षा, सिप विकास तथा उद्यमशीलता मेला सम्पन्न गरेको संस्थाले यसपटकको मेलालाई केही थप कार्यक्रमसंगै मेला गर्न लागेको स्याङ्जा थिङ्क ट्याङ्कका संस्थापक दिनकर नेपाल (दिनेश तिवारी)ले जानकारी दिनुभयो ।
विभिन्न चरणका कार्यक्रम गरी तिन दिन सम्म मेला आयोजना गरिएको बताउँदै उहाँले यहाँका विद्यार्थी तथा युवाहरुलाई उद्यम तथा सीपसंग जोड्ने मुख्य उद्देश्य राखेको बताउनुभयो । वालिङ ८ मेनबजार स्थित वाईसेन्टरको प्राङगणमा हुने मेलाका अवसरमा उत्कृष्ट १७ नेतृत्व समेत सम्मान गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । शिक्षा, उद्यमशीलता, खेलकुद, संस्कृति संरक्षणका क्षेत्रमा समाजमा महत्वपुर्ण योगदान पु¥याउनुभएका ३ जना महिला १३ जना पुरुष र एक कार्यसमिति गरी १७ जना सम्मानित हुनेछन् ।

Google search engine


कार्यक्रम अन्र्तगत बैशाख १ गते कार्यक्रमको उद्दघाटन, उद्यमीको जीवनयात्रा, संर्घष, उत्कृष्ट नेतृत्व सम्मान, २ गते उद्यम तथा उद्यमशीलता सम्बन्धी वक्तृत्वकला र कविता प्रतियोगिता, स्र्टाटअप पिचिङ प्रतियोगिता, बैशाख ३ गते हेड मेडमहरुको अवसर, चुनौति विषक छलफल, वित्तिय साक्षरता कार्यक्रम रहेका छन् । भने स्याङ्जाको कला, संस्कृति र परम्पराको झलक प्रस्तुत गरिनेछ । वित्तिय साक्षरता अन्र्तगत व्यक्तिगत वित्त, शेयर बजार र लगानी सम्बन्धी विषयमा छलफल हुनेछ भने प्रविधि र सीप विकास कार्यशलामा व्यक्तिगत वित्त व्यवस्थापन र डिजिटल सीपहरुका विषयमा छलफल गरिनेछ । प्रतियोगिताका विजेताले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Google search engine