गर्हौं प्राथमिक अस्पतालमा ३० जना क्षयरोगीका बिरामीले नियमित औषधि खाँदै

0
8
Google search engine

तोलाकान्त बगाले
वालिङ, २२ जेठ ।
गर्हौं प्राथमिक अस्पताल वालिङमा हालसम्म ३० जना क्षयरोगीका बिरामीले नियमित औषधि सेवन गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म ३० जना बिरामीले अस्पतालमै आएर डाक्टरको निगरानीमा औषधि खाँदै आएका अस्पतालका क्षयरोग श्रोतव्यक्ति शार्दुल अर्यालले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म १५ महिला र १५ पुरुषले नियमित औषधि सेवन गरिरहनुभएको हो ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा ३२ जना, आर्थिक वर्ष २०८०÷०८१ मा ३० जना र आर्थिक वर्ष २०७९÷०८० मा २६ जनाले औषधि सेवन गरेका उहाँले बताउनुभयो । क्षयरोगका सबैभन्दा धेरै बिरामी ४० वर्ष उमेर समूहमाथिका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म पत्ता औषधि सेवन गर्ने बिरामीहरुमा १२ जना फोक्सोका क्षयरोगी हुनुहुन्छ भने फोक्सोभन्दा बाहिरी अंगमा क्षयरोग लागेका १५ जना साथै चिन्ह, लक्षण र जाँचका आधारमा पत्ता लागेका ३ जना छन् ।
क्षयरोगीका बिरामीहरुको खोज पड्ताल बढाएका कारण पनि बिरामीहरु धेरै भेटिएका उहाँले जानकारी दिनुभयो । लगातार खोकी लाग्नु, साँझ पख हल्का ज्वरो आउनु, खान मन नलाग्नु, तौल घट्दै जानु क्षयरोगका लक्षणहरु हुन् । भीडभाडमा नजाने र गई हालेमा मास्कको प्रयोग गर्ने, संभावित बिरामीको थुक, खकार, सिंगान जथाभावी नफाल्ने, रोग पत्ता लगाई बेलैमा उपचार गर्नकालागि उहाँले सुझाव दिनुभयो ।

Google search engine
Google search engine