सहकारीका सञ्चालक तथा कर्मचारीलाई हेफर आधारशीला तालिम

0
1
Google search engine

वालिङ, २० जेठ ।
स्याङ्जाको वालिङमा सहकारीका सञ्चालक तथा कर्मचारीकालागि हेफर आधारशीला तालिम सुरु भएको छ । वालिङ तथा गल्याङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र दियालो तथा नयाँ गोरेटोको आयोजनामा वालिङ र गल्याङका गरी ३ वटा सहकारीका सञ्चालक तथा कर्मचारीहरुलाई तालिम दिईएको हो । वालिङ नगरपालिकाका वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था र गल्याङको पकवादी कृषि सहकारी संस्थाका सञ्चालक समिति तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

Google search engine

तालिममा बोल्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले तालिममा सिकेका कुराहरुलाई आ–आफ्नो संस्थामा फर्केसँगै व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिंदै तालिमले राखेका लक्ष्य र उद्देश्य प्राप्तिकालागि आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा हेफर परियोजनाका शकुन्तला रसाईली, विष्णुप्रसाद कडेल, हेफर परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डे, दियालो संस्थाका कार्यवहाक अध्यक्ष विष्णु सुवेदी, हेफर कृषि तथा पशु परियोजना वालिङका प्रमुख राधाकृष्ण डुम्रेलगायतले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो । तालिममा हेफर प्रोजेक्ट ईन्टरनेशनल नेपालका सामाजिक पूँजी विकासका प्रवन्धक शकुन्तला रसाली र तालिम अधिकृत बिष्णुप्रसाद कँडेलले सहजीकरण गर्नु भएको छ । तीन दिन सम्म सञ्चलन हुने कार्यक्रममा ३३ जनाको सहभागिता रहेको छ ।
वालिङ नगरपालिकामा दियालो संस्थासँगको सहकार्यमा वालिङ कृषि विकास परियोजना र गल्याङ् नगरपालिकामा नयाँ गोरेटो संस्थासँगको सहकार्यमा गल्याङ पशु तथा कृषि विककास परियोजना सञ्चलनमा रहेका छन् ।

Google search engine