स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता

0
114
Google search engine

वालिङ, १० माघ ।
स्याङ्जामा चार जनाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार उम्मेदवारी फिर्ताको समय तोकेकोमा प्रगतिशील लोकतान्त्रिक पार्टीसहित चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

Google search engine

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि उम्मेदवारी दर्ता गराएकामध्ये स्याङ्जाको क्षेत्र नं १ मा एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको हो । क्षेत्र नं २ मा एउटा पार्टीका उम्मेदवार र अन्य दुई स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार मनोज नेपाली दर्जी आँफैले उम्मेदवारी फिर्ता लिनुभएको स्याङ्जा क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । स्याङ्जा क्षेत्र नं १ मा १३ जनाले उम्मेदवारी दर्ता गराएकोमा एक जनाले फिर्ता लिएपछि अब १२ जना चुनावी मैदानमा उत्रिने भएका हुन् ।

त्यस्तै क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार टिकाराम रेग्मीले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँ आँफैले उम्मेदवारी फिर्ता लिनुभएको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम पाण्डे र दिलीप श्रेष्ठ आँफैले तोकिएको अवधिभित्र आँफूले माघ ६ गते दिएको उम्मेदवारी फिर्ता लिनुभएको हो ।

Google search engine