आरती कुँवर
वालिङ, १८ मंसिर ।
स्याङ्जाको गल्याङ, ३ बरन्डाँडामा भारतीय नम्बर प्लेटको एउटा कार दुर्घटनामा परेको छ । एमएचओ ४ एमएमओ ७९३ नं को भारतीय कार दुर्घटनामा परेको हो । दुर्घटनामा कारमा सवार एक जना घाइते भएका छन् । दुर्घटनामा परी ४२ वर्षीय मोहम्मद मुस्लिम सामान्य घाइते भएका छन् । चालक सहित ३ जना यात्रु सवार रहेकोमा अन्य दुईजना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
बुटवलबाट पोखरा आउँदै गरेको उक्त कार बिहान ६ः४० बजेको समयमा सिद्धार्थ राजमार्गबाट अन्दाजी १० मिटर तल खसेको चौधरीले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान अनुसार भारतको उत्तर प्रदेश घर भएका ४९ वर्षिय चालक आशुतोष चौधरीले मापसे सेवन गरी कार चलाएकाले कार दुर्घटनामा भएको प्रहरीको अनुमान छ । घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ ।





