पत्रकार महासङ्घ स्याङ्जाले बुझायो प्रजिअलाई ध्यानाकर्षण पत्र

0
196
Google search engine

वालिङ, ८ वैशाख ।
नेपाल पत्रकार महासङ्घ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकारले लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता गरिएको उजुरी र उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयद्वारा जिल्ला प्रहरी कार्यालयलाई कारबाहीका लागि जारी गरिएको पत्रप्रति नेपाल पत्रकार महासङ्घ स्याङ्जाले प्रशासनलार्ई ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला उद्योग वाणिज्य सङ्घ स्याङ्जाले गत फागुनमा सञ्चालन गरेको सातौं स्याङ्जा महोत्सवको गतिविधिको विषयमा नेपाल पत्रकार महासङ्घ गण्डकीका सदस्य तथा आँधीखोला एक्सप्रेस डटकम अनलाइनका सञ्चालक रोशन लामिछानेले लेखेको समाचारलाई लिएर जिल्ला प्रशासन कार्यालयमा स्याङ्जामा उजुरी दिएको थियो ।
समाचारमा चित्त नबुझेको अवस्थामा उजुरी वा ध्यानाकर्षण गर्ने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवस्थामा सामान्य कुरा समेत ख्याल नगरी तत्कालीन प्रजिअ सुनिता नेपालले आफ्नो क्षेत्राधिकार बाहिर गएर कारबाहीका लागि प्रहरीमा पत्र लेख्नुभएको थियो । सोही उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रेस काउन्सिललाई समेत पत्राचार गरेको हो ।
पत्रकार महासङ्घ स्याङ्जाले उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालय स्याङजाले प्रेस काउन्सिललाई पत्राचार गर्नु, जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाही गर्नुहुन भनेर तोकादेश गर्नु र प्रशासनमा उजुरी दर्ता गरिनु सरासर गलत भएको पत्रकार महासङ्घका अध्यक्ष प्रदीप कोइरालाले बताउनुभयो । उजुरी आएसँगै पत्र काउन्सिलमा पठाएको बताउँदै प्रजिअ अर्यालले अबका दिनमा छलफल गरेर मात्रै अगाडि बढाउने बताउनुभयो ।

Google search engine
Google search engine