वालिङ, १ वैशाख ।
स्याङ्जा थिङ्क ट्याङ्कको आयोजनामा दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला शुरु भएको छ । वालिङ ८ मेनबजार स्थित वाईसेन्टरको प्राङ्गणमा आयोजित मेलाको उद्दघाटन वरिष्ठ साहित्यकार बयोवृद्ध देविप्रसाद वनबासीले गर्नुभएको हो । शिक्षा, सीप तथा उद्यमशीलता मेलाको पहिलो दिन शिक्षा, उद्यमशीलता, खेलकुद, सांस्कृतिक संरक्षणका क्षेत्रमा समाजमा महत्वपुर्ण योगदान पु¥याउनुभएका ३ जना महिला १३ जना पुरुष र एक कार्यसमिति गरी १७ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा माधवप्रसाद लम्साल, चन्द्रकला राना सितल, भरतराज ढकाल, कला गैह्रे, शान्ता थापा, राजु कार्की, माधवप्रसाद उपाध्याय, डा. दिनेशकुमार विक, प्रकाश तिवारी, चैतन्य कृष्ण, राजेन्द्र डुम्रे, नविनराज गैह्रे, ज्ञान पाण्डे, बोधराज अर्याल, अन्नतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, दिलिप थापा, बाह्रबिसे सांस्कृतिक बजार संरक्षण समिति गरी १६ जना व्यक्ति र १ जना समिति गरी १७ जना सम्मानित हुनुभएको हो ।
सम्मानित व्यक्तिहरुले आ–आफ्ना क्षेत्रमा गरेको संर्घष र सफलताका अनुभवहरु आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा स्याङ्जा थिंक ट्याङ्का अध्यक्ष दिनेश तिवारीले पछिल्लो समय नेपालमा कुनै अवसर नै छैन् भन्ने गलत भ्रम फैलिरहेका बेला स्वदेशमै मेहेनत र संर्घष गर्न सकियो भने स्वदेशमै पनि संभावना छ भनेर अगाडि बढेका नेतृत्वलाई समाजले पनि चिन्न आवश्यक छ भन्ने हेतुले यो नेतृत्व सम्मान कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा वडा नं. २ का अध्यक्ष पोतप्रसाद लम्साल, वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङ, समाजसेवी शोभाकान्त पौडेल, लक्ष्मी माविका प्रअ सिता गौडेललगायतले कार्यक्रम निकै राम्रो रहेको प्रतिक्रिया दिनुभएको थियो ।
कार्यक्रममा स्याङ्जा थिंक ट्याङ्का संस्थापक तथा सिईओ भोजन अर्यालले उद्यमशीलता र इकोसिष्टमका बारेमा प्रकाश पार्नुभएको थियो भने वालिङ क्याम्पसका बिआईसिटि क्लबका सचिव दिपिसा डुम्रेले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम थिंक ट्याङ्का संस्थापक अध्यक्ष दिनेश तिवारी दिनकरको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थापक सदस्य विवेक बस्यालले संस्थाको स्थापना यसका उद्देश्य र कार्ययोजनाका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रश्मी पाठकले स्वागत गर्नुभएको थियो भने सञ्चालन राजु गैह्रेले गर्नुभएको थियो । त्यस्तै धन्यवाद मन्तव्य उदय अधिकारीले गर्नुभएको थियो ।
वैशाख ३ गतेसम्म चल्ने सिप मेलामा उद्यम तथा उद्यमशीलता सम्बन्धी वक्तृत्वकला र कविता प्रतियोगिता, स्र्टाटअप पिचिङ प्रतियोगिता, उद्यमशीलता र ईकोसिष्टम निर्माण गर्ने तरिका, महिलाहरुका लागी वित्तिय साक्षरता प्रशिक्षण, हेड मेडमहरुको अवसर, चुनौति विषक छलफल, वित्तिय साक्षरता कार्यक्रमलगायतका विषयमा छलफल र बहस हुनेछ ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै स्याङ्जाको कला, संस्कृति र परम्पराको झलक प्रस्तुत गरिनेछ । वित्तिय साक्षरता अन्र्तगत व्यक्तिगत वित्त, शेयर बजार र लगानी सम्बन्धी विषयमा छलफल हुनेछ भने प्रविधि र सीप विकास कार्यशलामा व्यक्तिगत वित्त व्यवस्थापन र डिजिटल सीपहरुका विषयमा छलफल गरिनेछ । यहाँका विद्यार्थी तथा युवाहरुलाई उद्यम तथा सीपसंग जोड्ने उद्देश्यले गत वर्ष पनि शिक्षा सीप मेलाको आयोजना गरिएको थियो ।