महोत्सव प्रवेश शुल्क दोब्बर

0
185
Google search engine

आरती कुँवर

Google search engine

वालिङ, १ चैत । वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङमा जारी रहेको महोत्सवको प्रवेश शुल्क रु २०० भएको छ । वालिङ चेम्बर अफ कमर्शले प्रेस विज्ञप्ति जारी गर्दै आज ब्याक टु नाइन्टिजको कन्सर्ट हुने भन्दै दिउँसो २ बजे पछि महोत्सव प्रवेश शुल्क दोब्बर बनाएको जानकारी दिएको छ । महोत्सव अवधिभरको सबैभन्दा विशेष सांगीतिक कार्यक्रम आज आयोजना गरिएको भन्दै प्रवेशको लागि स्थायी पास समेत बन्द गरिएको चेम्बर अफ कमर्शका महासचिव गणेश राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, महोत्सवको नवौं दिन सम्म आउँदा यहाँहरुको साथ, सहयोग, माया र यहाँहरुले देखाउनु भएको विश्वासले कार्यक्रम भव्य रुपमा चलिरहेको छ । आज चैत १ गते महोत्सव अवधिभर विशेष सांगीतिक उत्सव भएकाले आज दिनको दुई बजेदेखी महोत्सव प्रवेश टिकट रु २०० रहने र प्रवेश पासहरु समेत बन्द गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । साथै चेम्बरले यो निर्णयले शुभचिन्तकहरुमा परेको असुविधाप्रति क्षमाप्रार्थी छ भनेको छ ।

Google search engine