वालिङ, २८ माघ ।
स्याङ्जाको वालिङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । वालिङ–८ डुम्रीकोटमा आइतबार राति सिद्धार्थ राजमार्गमा वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनभयो
सूचना अधिकारी एवं प्रनाउ पौडेलका अनुसार मृत्यु हुनेमा विरुवा गाउँपालिका ७ घर भई हाल वालिङ ९ क्याम्पस रोड बस्ने १६ वर्षीय शुशिल गुरुङ रहेका छन् । मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा ट्रकको बीचमा मोटरसाइकल पस्दा मोटरसाइकल पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएकोमा उपचारको क्रममा राति ९ बजे डाक्टरले मृत घोषणा गरेको हो । प्रहरीले ट्रक चालकसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।