स्याङ्जामा एचपिभी खोप यही माघ २२ देखी २७ सम्म

0
178
Google search engine

वालिङ ४ माघ ।
स्याङ्जामा यहि माघ २२ गतेदेखि एचपिभी खोप सञ्चालन हुँदैछ । महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान अन्र्तगत स्याङ्जाका ११ वटै स्थानीय तहमा खोप लगाईने भएको हो । कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिईन लागीएको हो । स्याङ्जा जिल्लामा एचपिभी खोप अभियान माघ २७ गतेसम्म सञ्चालन हुनेछ । स्याङ्जाका ११ स्थानीय तहमा कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने किशोरी गरी १० देखि १४ वर्ष उमेर समूहका गरी ९ हजार ३१९ जनाले यो खोप लगाउँदैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार विद्यालय जाने ९ हजार २८८ र विद्यालय नजाने किशोरी ३१ जना गरी ९ हजार ३१९ जनाले यो खोप लगाउनेछन् । यहाँ सबैभन्दा धेरै वालिङमा १ हजार ९८० जनाले खोप लगाउँदैछन् । त्यस्तै ११ पालिका मध्ये सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ३९९ जनाले खोप लगाउँदैछन् ।
पुतलीबजारमा कक्षा ६ का ३४२, कक्षा ७ देखि १० सम्मका १ हजार ३७८ जना, वालिङमा कक्षा ६ मा ३६२, ७ देखि १० सम्म १ हजार ६०९ र विद्यालय नजाने १० वर्षका ४ जना र ११ देखि १४ वर्षका ५ जना, भीरकोटमा कक्षा ६ मा १९५, कक्षा ७ देखि १० सम्मका ६३८ गरी कुल ८३३ जनाले खोप लगाउँदैछन् । त्यस्तै चापाकोट नगरपालिकामा कक्षा ६ मा १६९, कक्षा ७ देखि १० का ७२०, विद्यालय नजाने १ जना गरी कुल ८९०, गल्याङमा कक्षा ६ मा २६० जना, कक्षा ७ देखि १० का ८५०, विद्यालय नजाने १ जना गरी कुल १ हजार १११ जना, फेँदिखोला गाउँपालिकामा कक्षा ६ मा ८१ जना, ७ देखि १० सम्मका ३८३ जना गरी कुल ४६४ जनाले खोप लगाउँदैछन् ।
आँधीखोला गाउँपालिकामा कक्षा ६ मा ८५ जना कक्षा ७ देखि १० मा ३१४ गरी ३९९, हरिनास गाउँपालिकामा कक्षा ६ मा १०६ जना, कक्षा ७ देखि १० सम्मका ३४५ गरी ४५१ र विद्यालय नजाने १० जना समेत गरी ४६१ जनाले खोप लगाउँदैछन् । त्यस्तै विरुवा गाउँपालिकामा कक्षा ६ का ७१ जना कक्षा ७ देखि १० सम्म ३५५ गरी कुल ४२६ जना, अर्जुनचौपारी गाउँपालिकामा कक्षा ६ मा ७२ जना, ७ देखि १० सम्मका ३६०, विद्यालय नजाने ५ जना गरी ४३७, कालीगण्डकी गाउँपालिकामा कक्षा ६ मा १३४, कक्षा ७ देखि १० सम्मका ४५९, विद्यालय नजाने ५ जना गरी ५९८ जनाले खोप लगाउँदैछन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरकाले परिचय खुल्ने कागजपत्र सहित पायक पर्ने विद्यालयहरुमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत केशव चापागाईँले बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ । नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।
यस एचपिभी खोप अभियान देशभर यही माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन हुँदैछ ।

Google search engine
Google search engine