माघे संक्रान्तीको अवसरमा मन्दिर दर्शन 

0
137
Google search engine

वालिङ, १ माघ । माघे संक्रान्ती अर्थात माघी पर्वको अवसरमा स्याङ्जाको भीरकोट नगरपालिका ४ मा रहेको प्रसिद्ध मन्दिरको दर्शन गरेका छन् । विशेष पर्वहरुमा मेला लाग्दै आउने छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा माघे संक्रान्तीको अवसरमा उल्लेख्य संख्यामा मन्दिर दर्शन तथा पुजा गर्नेको भिड लागको मन्दिर व्यवस्थापन समितिका सचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो । मनोकांक्षा पुरा हुने जन विश्वासका साथ स्याङ्जा लगायत आसपासका जिल्ला तथा टाढा टाढाबाट मन्दिर दर्शनका लागी भक्तजनहरु पर्व विशेषमा आउने गरेको उहाँले जानकारी दिनुभयो । 

Google search engine

माघे संक्रान्ती पर्वको अवसरमा छाङ्छाङ्दी मन्दिर दर्शनका क्रममा मंगलबार ३५ हजार १ सय ५६ रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलका अनुसार सहयोग रसिदबाट ८ हजार १ सय ६६, स्टल विक्रीबाट २ हजार पाँच सय, मन्दिर तथा भजन मण्डलीबाट १९ हजार २ सय, दानपेटिकाबाट ५ हजार २ सय ९० गरी ३५ हजार १ सय ५६ रुपैयाँ भेटी संकलन भएको उहाँले जानकारी दिनुभयो । 

यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा मनोकांङ्क्षा पुरा हुने विश्वासले स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट मन्दिर दर्शनका लागी आउने गरेका छन् ।

यसैबीच माघे संक्रान्तीको अवसरमा स्याङ्जाको रामनदी धाम राम्दी, कालिगण्डकी लगायत पवित्र तिर्थ स्थल तथा मन्दिरहरुमा पुजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको थियो ।

Google search engine