वालिङ, २० पौष ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले तत्कालिन अवस्थामा जनप्रतिनिधि नभएको परिस्थितीमा पनि वालिङ उद्योग वाणिज्य संघले जनप्रतिनिधिले गर्ने काम गरेको भन्दै संघको खुलेर प्रशंसा गर्नुभएको छ । २०५३ सालमा वालिङ नगरपालिका स्थापना भएको र २०५४ सालमा वालिङ उद्योग वाणिज्य संघ स्थापना गरि संघले अहिलेसम्म अनवरत रुपमा वालिङको पहिचान र समृद्धिका लागी कार्य गर्दै आएको बताउनुभयो । शनिबार वालिङ उद्योग वाणिज्य संघको १८औँ साधारण सभाको उद्दघाटन गर्दै नगरप्रमुख खांणले वालिङको पहिचानका लागी संघले गरेका गतिविधि तथा वालिङमा मालपोत कार्यालय, नापी कार्यालयको स्थापना गर्नका लागी संघको निकै ठुलो भुमिका रहेको भन्दै संघको प्रशंसा गर्नुभएको हो ।
संघले आफ्नो स्थापना काल देखि स्थानीय उत्पादनको बजारीकरणका लागी गरेका मेला महोत्सवले कृषि उपजको बजारीकरण मात्र नभई वालिङ नामलाई चिनाउन पनि निकै महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै प्रमुख खाँणले नेपाल सरकारले लिएको स्मार्ट सिटिको अवधारणालाई पुरा गर्न आँफु नेपाल सरकारका अर्थमन्त्री संग निरन्तर भेटघाट गरि केही अपुरा कार्यलाई निरन्तरता दिन पटक पटक अनुरोध गरिरहेकोले केही अपुरा कार्यहरु आफ्नो कार्यकाल अवधिभर सम्पन्न हुनेमा विश्वास व्यतm गर्नुभयो । प्रमुख खाँणले संघको विकास गर्नु नगरका व्यापारी व्यवासायीको विकास गर्नु भएको भन्दै यसका लागी आँफू सँधै सकरात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, पुर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्याल, पुर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, नेपाली कांगे्रसको तर्फबाट लक्ष्मीप्रसाद रेग्मी, एमालेको तर्फबाट उदय श्रेष्ठ, राष्ट्रिय जनमोर्चाको तर्फबाट राजेन्द्र गैह्रे, व्यवसायीको तर्फबाट दुर्गा न्यौपानेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रमेश अर्याल र धन्यवाद वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानातिवारीले गर्नुभएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष मिनलाल कर्माचार्यलाई मरणोपरान्त सम्मान गरिएको थियो भने उक्त सम्मान स्व. कर्माचार्यका धर्मपत्नी धनकुमारी श्रेष्ठलाई प्रदान गरिएको थियो त्यस्तै पुर्व अध्यक्षहरु श्यामप्रसाद श्रेष्ठ, कर्णबहादुर श्रेष्ठ, ल्या. यामबहादुर गुरुङ, पुण्यप्रसाद अर्याल र शोभाकान्त पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै स्थानीय उद्यमीहरु रुपेन्द्र बगाले, अम्बिका बगाले, गंगाकुमारी राना, धनबहादुर सार्की, हेमप्रसाद गैह्रे, पुरुषोत्तम खनाल, युवराज आलेलाई सम्मान गरिएको थियो भने कर्मचारी लामो समय सेवा गरिरहनुभएकी देविकुमारी पाण्डे, शान्ति शर्मालाई समेत सम्मान गरिएको थियो ।