चापाकोटमा वडा सदस्य थापाको निधनमा आज शोक बिदा

0
102
Google search engine

वालिङ, २९ असोज ।
स्याङ्जाको चापाकोट नगरपालिकाले आज मंगलबार शोक बिदा दिएको छ । चापाकोट नगरपालिका वडा नं ६ का वडा सदस्य एवम् नगरसभा सदस्य तारासिं थापाको निधनमा शोक बिदा दिईएको नगर प्रमुख देवबहादुर खाँणले बताउनुभयो । वडा सदस्य थापाको हिजो सोमबार हृदयघातकाकारण ४३ वर्षको उमेरमा निधन भएको थियो । वडा सदस्य थापाको अल्पायुमै भएको निधनले चापाकोट नगरपालिकालाई अपुरणीय क्षति पुग्नुकासाथै पालिका परिवार स्तब्ध भएको उहाँले बताउनुभयो ।
थापाको निधनको शोकमा आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा पालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु बन्द रहने भएका हुन् । सोमबार हृदयघात भएपछि उपचारकालागि पाल्पास्थित रामपुर अस्पतालमा पु¥याईएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । थापा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

Google search engine
Google search engine