वालिङ, ३० असार ।
स्याङ्जाको पुतलीबजार ४ रामकोषस्वाँरामा पानीको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । आईतबार दिउँसो कुवामा नुहाउन धुन भनेर गएका एउटै घरका दिदीबहिनीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा पुतलीबजार ४ रामकोषस्वाँरा बस्ने नरेन्द्रबहादुर थापाका दुई छोरी १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेका छन् ।
लक्ष्मी कक्षा ९ मा पढ्ने छात्रा हुन् भने निजकी बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिईन् ।
घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको कुवामा उनीहरु नुहाउन र कपडा गएका थिए ।