नेपाल प्रेस युनियन स्याङ्जाको अध्यक्षमा डुम्रे चयन

0
1
Google search engine


वालिङ, ४ मंसिर ।
नेपाल प्रेस युनियन स्याङ्जाको दशौँ जिल्ला अधिवेशनबाट राधाकृष्ण डुम्रेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । आपसी समझदारी, सहमति र प्रतिनिधिहरूको समर्थनका आधारमा सर्वसम्मत नेतृत्व चयन गरिएको नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा स्याङ्जा जिल्ला शाखाका केन्द्रीय निर्वाचन प्रतिनिधि माधव प्रसाद अर्यालद्वारा जारी घोषणापत्रमा उल्लेख छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जोगराज पाठक र आरती कुँवर, सचिवमा पवन मरासिनी, सहसचिवमा बिक्रम शाही ‘समुन्द्र’ तथा कोषाध्यक्षमा प्रेम बहादुर थापा चयन हुनुभएको छ ।
त्यसैगरी खुल्ला सदस्यमा अश्विक पंगेनी र भेषराज रेग्मी, महिला सदस्यमा पूजा खड्का तथा समावेशी सदस्यमा प्रज्वल रनपाल र मनिस परियार सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । चयन भएका केन्द्रीय प्रतिनिधिहरूमा ओमप्रकाश शर्मा, प्रदिप कोइराला, प्रकाश डाटेल, भूपराज बस्याल, तोलाकान्त बगाले, अमृत अर्याल, ऋषि बस्याल र कान्तीदिपा अर्याल रहनुभएको छ।
त्यस्तै प्रदेश प्रतिनिधिहरूमा जोगराज पाठक, गोपिकृष्ण रेग्मी, शंकर सुवेदी, कल्याणी खाँण, भूवन भण्डारी, बबिन पाठक, रामचन्द्र उपाध्याय, निशा भट्टराई र स्मृति ढकाल चयन हुनुभएको छ ।

Google search engine
Google search engine