शैक्षिक अनुभव आदानप्रदानका लागि साइन भिलेज इन्टरनेसनल एकेडेमी, वालिङका विद्यार्थी हेटौँडास्थित बालजागृति स्कुलमा

0
29
Google search engine

वालिङ, १७ कार्तिक । साइन भिलेज इन्टरनेसनल एकेडेमी (SVIA), वालिङ–८, स्याङ्जाका कक्षा १० का विद्यार्थीहरूले आफ्नो शैक्षिक भ्रमणको चौथो दिन हेटौँडास्थित बालजागृति इङ्लिस सेकेन्डरी स्कुल (BJESS) को अवलोकन भ्रमण गरेका छन्।

Google search engine

कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई प्रभावकारी बनाउने, शैक्षिक अनुभव आदानप्रदान गर्ने तथा विद्यार्थीहरूबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित उक्त भ्रमण ‘एकेडेमिक एक्सलेन्स एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत सञ्चालन गरिएको थियो।

भ्रमणका क्रममा बालजागृति इङ्लिस सेकेन्डरी स्कुल परिवारले SVIA का विद्यार्थी तथा शिक्षकहरूलाई विशेष स्वागत गरेको थियो। विद्यालय परिसरमा राखिएको स्वागत स्लाइडमा ‘Welcome Shine Village International Academy, Waling-8, Syangja’ लेखिएको थियो।

कार्यक्रममा बालजागृति इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल विनोद सुवेदी, भाइस प्रिन्सिपल अमुल श्रेष्ठ, सञ्चालक विनोद प्रसाद भण्डारी तथा SVIA का तर्फबाट भाइस प्रिन्सिपल गौरव सुवेदीले मन्तव्य व्यक्त गर्दै शैक्षिक सहकार्य, अनुभव आदानप्रदान र विद्यालयबीचको सम्बन्ध विस्तारको महत्त्वमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा दुवै विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो। सो अवसरमा विद्यार्थी तथा शिक्षकहरूले आपसमा परिचय, भलाकुसारी र अनुभव आदानप्रदान गर्नुका साथै सामूहिक तस्बिरसमेत खिचाएका थिए।

यस प्रकारका शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, नयाँ वातावरणको अनुभव, आत्मविश्वास, सामाजिक सम्बन्ध र सिकाइप्रतिको रुचि अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने SVIA का प्रिन्सिपल शंकर खनालले बताए।

विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै यस्ता सिर्जनात्मक तथा अनुभवमा आधारित सिकाइ कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Google search engine