प्यानलविहीन झिमलाल चापागाईंको उम्मेदवारी, पेशागत प्रतिनिधित्वको आवाज

0
10
Google search engine

युवराज सुवेदी
स्याङ्जा, १४ असोज ।

Google search engine

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि, पेशागत विषय विज्ञतर्फ झिमलाल चापागाईं ‘सुयोग’ उम्मेदवारि प्रस्तुत गर्नुभएको छ ।

शिक्षण पेसाबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका चापागाईं कुनै प्यानलमा आबद्ध हुनुहुन्न । उहाँ आफ्नै राजनीतिक पहिचान, संगठनात्मक अनुभव र पेशागत पृष्ठभूमिका आधारमा प्रतिनिधिहरूमाझ पुग्नुभएको छ ।

विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका चापागाईंले नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसका विभिन्न तहमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । युवा, शिक्षा, पेशागत क्षेत्र र संगठनलाई जोड्ने प्रतिनिधित्व आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

उहाँको उम्मेदवारीले महाधिवेशनमा पेशागत क्षेत्रको स्वतन्त्र र प्रभावकारी प्रतिनिधित्वको बहसलाई समेत अघि ल्याएको छ ।

Google search engine