वालिङ, ३ असोज ।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पुतलीबजार नगरपालिकाभित्रका १४ वटै वडामा नगर वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनबाट निर्वाचित हुने सम्पूर्ण वडा सभापति, पदाधिकारी, सदस्यहरू तथा क्षेत्रीय प्रतिनिधिहरूलाई नगर सभापति सुरज कुमार अधिकारीले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
अधिवेशनमार्फत सर्वसम्मत रूपमा चयन हुनुभएका वडा सभापतिहरूमा वडा नं. १ बाट हिटलर पौडेल, वडा नं. २ बाट मदन गुरुङ, वडा नं. ३ बाट रामचन्द्र नेपाल र वडा नं. ४ बाट लिलावती पौडेल रहनुभएको छ। त्यसैगरी, वडा नं. ५ मा हेमराज महत (धिरज), वडा नं. ६ मा कुमार गुरुङ, वडा नं. ७ मा नरेन्द्रविक्रम थापा, वडा नं. ८ मा ईम बहादुर सेन र वडा नं. ९ मा जित बहादुर गुरुङ सर्वसम्मत हुनुभएको छ। साथै, वडा नं. १० बाट डोलेन्द्र विक्रम शाह, वडा नं. ११ बाट ईश्वरी अर्याल, वडा नं. १२ बाट खेम बहादुर गुरुङ, वडा नं. १३ बाट गुरु प्रसाद अर्याल र वडा नं. १४ बाट हुमनाथ ढकाल वडा सभापतिमा चयन हुनुभएको छ।
यस किसिमको उत्साहजनक रूपमा नगर वडा अधिवेशनमा सहभागी हुनुहुने सम्पूर्ण क्रियाशील सदस्यहरू तथा नेतागणहरूप्रति पनि नगर कार्यसमितिका तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ।





