आरती कुँवर
वालिङ, ३ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिकाका ९ वटै वडामा वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। पार्टीभित्र एकता, सहमति र सहकार्यको सन्देश दिँदै सबै वडाहरूमा नयाँ नेतृत्वको चयन गरिएको हो।
यस अधिवेशनमार्फत भीरकोट नगरपालिकाका ९ वटै वडामा वडा सभापति, वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचित हुने वडा सभापतिहरूमा वडा नं. १ मा रवि के.सी., वडा नं. २ मा प्रकाश महत, वडा नं. ३ मा डम्बर मल्ल, वडा नं. ४ मा अर्जुन श्रेष्ठ र वडा नं. ५ मा रामकृष्ण अर्याल रहनुभएको छ ।
त्यसैगरी, वडा नं. ६ बाट अशोक खत्री, वडा नं. ७ बाट शालिकराम अर्याल, वडा नं. ८ बाट हेमप्रकाश गुरुङ र वडा नं. ९ बाट भीम गुरुङ वडा सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित सम्पूर्ण वडा सभापतिहरू, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय प्रतिनिधिहरूलाई सफल कार्यकालको बधाई एवम् शुभकामना व्यक्त गरिएको छ ।
अधिवेशनले आपसी एकता र मेलमिलापको बलमा पार्टीलाई थप सुदृढ र सबल बनाउँदै अगाडि बढ्ने अठोट गरेको छ। साथै १५औँ महाधिवेशनलाई सभ्य र भव्य रूपमा सफल पार्न सबै तहका नेता तथा कार्यकर्ताहरूलाई आह्वान समेत गरिएको छ ।





