आँधीखोलामा बगेर बेपत्ता महिला मृत अवस्थामा फेला

0
45
Google search engine

वालिङ, ३० भदौ ।
स्याङ्जाको वालिङ स्थित आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी ५३ वर्षीया माया पाण्डे मृत अवस्थामा फेला पर्नुभएको छ।
वालिङ नगरपालिका वडा नम्बर ९ भुम्रे बस्ने पाण्डे आज मंगलबार बिहान करिब ५ः२० बजे आँधीखोलामा नुहाउन गएको बेला खोलाले बगाएको थियो। घटनाको सूचना पाउनेबित्तिकै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले तत्काल खोजतलास सुरु गरेको थियो।
खोजतलासका क्रममा आजै बिहान ६ ः ४५ बजे वालिङ नगरपालिका वडा नम्बर १३ स्थित शान्तिघाट नजिकै आँधीखोलाको ढुङ्गामा अड्किएको अवस्थामा उहाँको शव फेला परेको छ।
घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।

Google search engine
Google search engine