स्याङ्जामा संयुक्त अनुगमन टोलीद्वारा अवैध सामान र पेट्रोल नियन्त्रणमा

0
1
Google search engine


वालिङ, १० भदौ ।
स्याङ्जाको हरिनास गाउँपालिकाका विभिन्न स्थानमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा गाउँपालिकाको अनुमतिविना बिक्रीका लागि लैजाँदै गरिएका खाद्य सामग्री र अवैध रूपमा बिक्री भइरहेको इन्धन तथा सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको संयोजकत्वमा रहेको टोली र इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी सहायक निरीक्षक रामबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मङ्गलबार संयुक्त रूपमा उक्त अनुगमन गरेको हो।

Google search engine


अनुगमनका क्रममा हरिनास गाउँपालिका–२, चिसापानी स्थित विभिन्न पसलहरूको निरीक्षण गर्दा ग ५ प ६४५४ नम्बरको मोटरसाइकलमा पालिकाको स्वीकृति नलिई बिक्रीका लागि लैजाँदै गरिएका खाद्य सामग्रीहरू भेटिएका थिए। नियन्त्रणमा लिइएका सामानहरूमा रसबरी ४ बट्टा, मिल्क केक ५ बट्टा, तिल ४ पोका, जिरा २ प्याकेट, पान्डा ३ प्याकेट र स्पाईसी ५ प्याकेट रहेका छन्। अन्दाजी १५ देखि १६ हजार रुपैयाँ बराबरका ती सामानलाई आवश्यक कारबाहीका लागि हरिनास गाउँपालिकामा पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी अनुगमन टोलीले हरिनास गाउँपालिका वडा नं. ४ स्थित रोदीखोला तथा चित्रेगाउँ क्षेत्रमा गरिएको निरीक्षणका क्रममा अवैध रूपमा बिक्री(वितरण भइरहेको अवस्थामा अन्दाजी ७४ लिटर पेट्रोल, सुर्ती ६ प्याकेट र चुरोट १४ प्याकेट नियन्त्रणमा लिएको छ।


नियन्त्रणमा लिइएका पेट्रोल र सूर्तीजन्य सामग्रीहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ। उपभोक्ता हित संरक्षण र बजारलाई मर्यादित बनाउन जिल्लामा अनुगमन कार्यलाई तीव्रता दिइएको छ।

Google search engine