जिप दुर्घटनामा दुईको ज्यान गयो, सत्र जना घाईते

0
76
Google search engine

वालिङ, ८ भदौ ।
स्याङ्जाको गल्याङ ८ करादीस्थित भित्री सडकमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । गल्याङ ८ बस्ने २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र गल्याङ ९ बस्ने ६० वर्षीय यमबहादुर बिकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
स्याङ्जाको गल्याङबजारदेखि गल्याङ ९ को साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप साँझ ५ ः ४५ बजे गल्याङ ८ करादीस्थित भित्री सडकखण्डको उकालो सडकको घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
दुर्घटना परी जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । घाईतेहरुमध्ये गल्याङ ९ साङलिया बस्ने २७ वर्षीया बसन्ती विश्वकर्मा तथा सोही ठाउँ बस्ने ४८ वर्षीया देवी बिकको अवस्था गम्भीर भएकाले उनीहरुलाई थप उपचारकालागि युनाईटेड मिशन अस्पताल तानसेन पाल्पा पठाईएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो ।

Google search engine

सामान्य घाईते भएकाहरुमध्ये ५ जना सामान्य उपचारपश्चात घर फर्केका छन् । मध्यम घाईतेहरुको अहिले गल्याङ नगर अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरु अधिकांश गल्याङ ९ का रहेका छन् । जिप चालक गल्याङ ९ का २९ वर्षीय दीपक बिकको टाउकोमा चोट लागेको छ । बिकको अवस्था मध्यम रहेको छ ।
घाईतेहरुको विवरण यसप्रकार छ ।

घाइतेहरूको नामावली तथा स्वास्थ्य अवस्था

क्र.सं.नाम, थरठेगानाउमेरचोटपटक / अवस्थाकैफियत
१दिपक बि.क. (चालक)गल्याङ न.पा.-०९, स्याङ्जा२९टाउकोमा चोट (मध्यम)उपचाररत
२स्नेहा परियारगल्याङ न.पा.-०८, बरादी१७बायाँ खुट्टामा चोट (मध्यम)डिस्चार्ज
३सुप्रिया थापागल्याङ न.पा.-०९, तीनदोबाटो१५टाउकोमा चोट (सामान्य)डिस्चार्ज
४बोमा खनालगल्याङ न.पा.-०९, चितडाँडा५६टाउको र बायाँ खुट्टामा चोट (मध्यम)उपचाररत
५समिर बि.क.गल्याङ न.पा.-०९, साङलिया१२बायाँ खुट्टामा चोट (सामान्य)डिस्चार्ज
६सगुन बि.क.गल्याङ न.पा.-०९, साङलिया१०टाउको र दाहिने खुट्टामा चोट (मध्यम)उपचाररत
७टोल बहादुर वि.क.गल्याङ न.पा.-०९, साङलिया६२दुवै खुट्टा र ढाडमा चोट (मध्यम)उपचाररत
८असिसा पचभैयागल्याङ न.पा.-०९, तीनदोबाटो२१बायाँ हात र खुट्टामा चोट (सामान्य)उपचाररत
९अरुणा गाहागल्याङ न.पा.-०९, तीनदोबाटो२५सामान्यडिस्चार्ज
१०मेगनाथ खनालगल्याङ न.पा.-०९, तीनदोबाटो६२दाहिने खुट्टामा चोट (सामान्य)उपचाररत
११राधामाया रानागल्याङ न.पा.-११५५टाउकोमा चोट (मध्यम)उपचाररत
१२गंगा विश्वकर्मागल्याङ न.पा.-०९, साङलिया२२बायाँ खुट्टा र दाहिने हातमा चोट (सामान्य)उपचाररत
१३दुर्गा बि.क.गल्याङ न.पा.-०९, साङलिया५१छाती, टाउको र खुट्टामा चोट (मध्यम)उपचाररत
१४पार्वती बि.क.गल्याङ न.पा.-०९, साङलिया२५बायाँ खुट्टामा चोट (सामान्य)डिस्चार्ज
१५यमकला खनालगल्याङ न.पा.-०९, साङलिया३२

Google search engine