स्याङ्जा प्रहरीको असार महिनाको प्रगति : २७ मुद्दा दर्ता, फरार अभियुक्त पक्राउदेखि क्युआर कोडको सुरुवातसम्म

0
4
Google search engine

वालिङ, ३ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले असार महिनामा गरेका विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको हो।

Google search engine

समीक्षा अवधिमा जिल्लामा कुल २७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्, जसमा जघन्य अपराधदेखि महिला तथा बालबालिका सम्बन्धी विषयहरू समेटिएका छन्। यी मुद्दाका २१ जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। यसका साथै अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा वर्षौंदेखि फरार रहँदै आएका चोरी, लागूऔषध, बहुविवाह र लेनदेन मुद्दाका ७ जना अभियुक्तहरू पक्राउ परेका छन्। उनीहरूबाट अदालतले तोकेको कुल १ वर्ष ३ महिना २६ दिन कैद र ३ लाख २८ हजार रुपैयाँ जरिवाना समेत असुल गराइएको छ।

असार महिनामा प्रहरीले लागूऔषध ओसारपसार विरुद्ध पनि सफलता पाएको छ। सिद्धार्थ राजमार्गको राम्दीमा गरिएको सवारी चेकजाँचका क्रममा पोखराका दुई जनाको साथबाट ठुलो परिमाणमा नियन्त्रित एम्पुलहरू बरामद गरी कानुनी कारबाही अघि बढाइएको छ। यस्तै, भन्सार छली ल्याइएका करिब २ लाख रुपैयाँ बराबरका मोटर पार्टस समेत बरामद गरिएको छ।

वर्षायामको सुरुवातसँगै जिल्लामा बाढीपहिरो र आगलागी जस्ता २५ वटा विपद्का घटनाहरू घटेका छन्, जसमा परेर दुई जनाले ज्यान गुमाएका छन्। विपद्को यस घडीमा २ सय ३५ भन्दा बढी प्रहरी कर्मचारीहरू प्रत्यक्ष उद्धार कार्यमा खटिएका थिए। यता यातायात व्यवस्थापनतर्फ सवारी नियम उल्लंघन गर्ने झन्डै १५ सय सवारी साधनलाई कारबाही गरी १३ लाख ३ हजारभन्दा बढी राजस्व संकलन गरिएको छ।

अपराध न्यूनीकरणका लागि प्रहरीले समुदाय र विद्यालय स्तरमा लागूऔषध लगायतका विषयमा १४८ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ, जसमा २ हजार ७ सयभन्दा बढी सर्वसाधारण र विद्यार्थी सहभागी भएका थिए। सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले स्याङ्जा प्रहरीले पर्यटक र सडक सुरक्षाका लागि लिखित तथा अडियो सहितको ुत्तच् कोडु प्रचलनमा ल्याएको छ। साथै, कार्यालयमा स्थापना गरिएको ुयुवामैत्री नागरिक सहायता कक्षु मार्फत असार महिनामा मात्रै १ हजार ६ जना सेवाग्राहीलाई छिटो र पारदर्शी सेवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Google search engine