वालिङमा आजबाट चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिक प्रतियोगिता हुने

0
1
Google search engine

वालिङ, ३० जेठ ।
स्याङ्जाको वालिङमा आजबाट चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिक प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेश जिम्नास्टिक संघको व्यवस्थापन, वालिङ नगरपालिका जिम्नास्टिक संघको संयोजन तथा गण्डकी प्रदेश खेलकुद परिषदको प्रवद्र्धनमा प्रतियोगिता हुन लागेको हो ।
वालिङस्थित जिल्ला सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वालिङ जिम्नास्टिक संघका अध्यक्ष एवम् प्रतियोगिता मुल समिति संयोजक क्याप्टेन ताराप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Google search engine


प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये ५ जिल्लाका १९ पुरुष र १२ महिला खेलाडी गरी ३१ जना सहभागी हुने भएका छन् ।
जेठ ३० र ३१ गते गरी दुई दिन सञ्चालन हुने उक्त प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई आगामी दशौं राष्ट्रिय खेलकुदको छनोटको तयारीकालागि सहभागी गराईने उहाँले जानकारी दिनुभयो ।


“वालिङ क्षेत्रमा पछिल्लो समय जिम्नास्टिक खेलमा उत्कृष्ट प्रदर्शन गर्नेक्रम बढ्दै गएको छ उहाँले भन्नुभयो, “जिम्नास्टिक खेलतर्फ आकर्षित गर्दै यसलाई व्यावसायिकरुपमा अगाडि बढाउनकालागि पनि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।
विभिन्न जिल्लाबाट वालिङमा आउनुहुने खेलाडी तथा प्रशिक्षकहरुको आवास, भोजन तथा अतिथि सत्कारकालागि तयारी अवस्थामा रहेको कार्यक्रम संयोजक सुबेदार मेजर दीपेन्द्र खाँणले जानकारी दिनुभयो ।

Google search engine