स्याङ्जा क्षेत्र नं. २ को मतगणना जारीः एमालेका थापाको अग्रता

0
121
Google search engine

वालिङ, २३ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ को मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका खिम बहादुर थापले ६ हजार बढी मतसहित आफ्नो अग्रता बनाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कालीगण्डकी सबै र गल्याङको १,२,३ र ४को मतगणना हुँदा एमालेका उम्मेदवार थापाले ६ हजार ३ सय ९३ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम गर्नुभएको हो ।
उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लले ४ हजार ८ सय ४८ मतका साथ पछ्याइरहनुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रे ४ हजार ४ सय ९७ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ । यसरी हेर्दा मुख्य प्रतिस्पर्धा एमाले, कांग्रेस र रास्वपाबीच देखिएको छ ।

Google search engine
Google search engine