स्याङ्जा । स्याङ्जा जिल्लाका महिलाहरुको लागि नि:शुल्क लोकसेवा तयारी कक्षा (भौतिक कक्षा) को समापन शुक्रबार गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेष नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अनलाइन कक्षा निरन्तर चल्ने एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।







