तरुण दल तथा नेविसंघको भेला

0
115
oppo_2
Google search engine

वालिङ १३, फागुन ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण र नेपाल विद्यार्थी संघले आज वालिङमा संयुक्त भेला गरेका छन् । वालिङ नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा तरुण दल र नेविसंघको भेला गरी निर्वाचनको तयारी गरिरहेको तरुण दलले आज वालिङ नगरपालिकाका वडा नं ६, ८,९,१० र ११ को संयुक्त भेला गरेको हो । भेलाले तरुण दल र नेविसंघको संयुक्त समिति प्रत्येक वडा–वडामा गठन गरी निर्वाचनको तयारीलाई तिब्रता दिने भएको हो ।
आज धाराकोचौरमा भएको भेलामा बोल्नुहुँदै नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले पुस्तान्तरणमा विश्वास राख्ने र युवाहरुको मागलाई पार्टीको घोषणापत्रमार्फत सम्बोधन गर्ने पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसका उम्मेदवारलाई मत दिएर बिजयी गराउन अनुरोध गर्नुभयो । उहाँले एकले अर्को पार्टीलाई गाली गर्नुभन्दा पनि आफ्ना एजेण्डा मतदातासमक्ष लगेर मन र मत जित्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले भदौ २३ र २४ को आन्दोलनपछिको अवस्थालाई मध्यनजर गर्दै युवाहरुको मागलाई सम्बोधन हुने गरी पार्टीले युवा र विकासप्रेमी नेतालाई निर्वाचनमा टिकट दिएर पठाएको जनाउँदै तरुण दल, नेविसंघ लगायत सिंगो पार्टीले बिजयी बनाएर पठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य नारायण पाण्डे, त्रिचन्द्र क्याम्पस काठमाडौंका स्वयिुयु सभापति गोविन्द कोईराला, तरुण नेताहरु बिजय मल्ल, सूर्यप्रसाद रेग्मी, सौरभ सुवेदीलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Google search engine
Google search engine