एकीकृत सेवा कार्यालय स्याङ्जा र उद्योग तथा व्यवसायीबीच अन्तरक्रिया

0
116
Google search engine

वालिङ, १२ माघ ।
एकीकृत सेवा कार्यालय स्याङ्जा र जिल्लामा रहेका उद्योग तथा व्यवसायी संघ संस्थाका नेतृत्वकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको सेवा प्रवाहलाई नागरिक मैत्री बनाउदैँ उद्योग, व्यापार र पर्यटन क्षेत्रको बहुआयमिक विकासमा हातेमालो गरेर अगाडी बढ्ने विषयमा छलफल भएको छ । कार्यक्रममा उद्योग तथा व्यवसायको दर्ता, नविकरण, खारेजी , नामसारी लगायतका विषयमा सरलीकरण गरेर सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सिपमूलक तालिम र अनुदानका कार्यक्रमहरुलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने, उत्पादनलाई गुणस्तरीय बनाउने र समग्र स्याङ्जाको व्यवसायीक क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् ।
कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, चेम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, उपभोक्ता हित संरक्षण मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद मरासिनी, घरेलु तथा साना उद्योग महासंघ स्याङ्जा निवर्तमान अध्यक्ष संगम ताम्राकार, ब्युटी पार्लर एसोशियसन स्याङ्जा उपाध्यक्ष माया गोरखाली, महिला उद्यमी संघ स्याङ्जाका अध्यक्ष चन्द्रकला राना लगायतले राज्यले व्यवसायी मैत्री वातावरण बनाउदै जानु पर्ने र निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले यस किसिमको कार्यक्रमले सरकार र नीजि क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुको साथै कार्यालयबाट प्रवाह हुने सेवामा सुधार गर्न टेवा पुग्ने विश्वास व्यवक्त गर्नु भयो । उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास र विस्तारले नै रोजगार अभिबृद्धि भई मुलुकको समग्र विकास र समृद्धिमा सहयोग पुग्ने भएकोले जिल्लाका ११ वटै स्थानीय तहका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम गरी प्राप्त सुझावलाई कार्यान्वयन गर्दै लगिने बताउनु भयो ।एकीकृत सेवा कार्यालयका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अधिकृत खुमलाल ढकालले गर्नु भएको थियो ।

Google search engine
Google search engine