विश्व बाल दिवसमा घन्कियो पञ्चेबाजा

0
229
Google search engine

Google search engine

वालिङ, ६ मंसिर । 
विश्व बालदिवसको अवसरमा स्याङ्जामा पञ्चेबाजा घन्किएको छ । उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा  पालिकागत बालबालिकाहरुका समूहबीच पञ्चेबाजा प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता मावि प्रथम भएको छ । आँधीखोला गाउँपालिका स्थित जनहित मावि द्धितीय र पुतलीबजार नगरपालिका स्थित लामागे पञ्चेबाजा समूह तृतीय तथा पुतलीबजारकै सरस्वती मावि नागडाँडा सान्त्वना भएका छन् ।

विजयी समूहलाई गण्डकी प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका संयोजक सुधिर पौडेल, उद्योग तथा पर्यटन र सामाजिक विकास, एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा बोल्दै सांसद पौडेलले कला र संस्कृतिको संरक्षणसंगै पुस्तातरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताउनुभयो । 

बाल अधिकार सहित बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत् थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गराउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा भूतपूर्व सैनिक आवासिय मावि ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार कृष्णमान प्रधान, नगर शिक्षा समिति सदस्य मुक्तिप्रसाद रेग्मी, प्रतियोगिता निर्णायक समितिका संयोजक बुद्धिबहादुर परियार, साथै, सोही कार्यक्रममा दोहोरी गायक, सर्जक लोकनाथ सापकोटाको पनि प्रस्तुती रहेको थियो ।  

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार, ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला बाल संजालका अध्यक्ष सुजाता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी बिक्रम परियारले गर्नुभएको थियो ।

Google search engine