शैक्षिक सुधारको लागि वालिङ नगरको सामुदायिक विद्यालयसँग अन्तरक्रिया

0
179
Google search engine

वालिङ, १० भाद्र ।
वालिङ नगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्धेश्यले विद्यालय शिक्षण सबलीकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा शिक्षण पद्धति सुधार, सिकाइमा देखिएका चुनौतीहरू, विद्यार्थीको उपलब्धि अभिवृद्धि र प्रविधिमैत्री शिक्षण प्रणालीका विविध पक्षमा गहिरो छलफल गरिएको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत, शिक्षाविद् कविता अर्याल, शिक्षाकर्मी तोयानारायण पौडेल र मिडासका प्रशिक्षक विश्वराज पंगेनीले आ–आफ्ना क्षेत्रगत अनुभव र विचार प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता थियो ।
विद्यार्थीहरुलाई भौतिक पूर्वाधार, शिक्षण सामाग्रीको अभाव जस्ता समस्या साझा रहेको शिक्षकहरुको भनाई थियो ।
यस्तै समस्या समाधान गर्न यो कार्यक्रम आयोजना गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । खाँण भन्नुहुन्छ, “वालिङ नगर भित्र गुणस्तरीय शिक्षा अभावमा बसाइसराइ बढ्यो । विद्यालय र स्थानीय सरकार दुवै मिलेर २ वर्षभित्र शैक्षिक हब बनाउने गरी शैक्षिक सुधारको लागि प्रण गरौँ ।”

Google search engine

यस्तै नगर उपप्रमुख कविता तिवारी गैरेले वालिङ नगरभित्र शैक्षिक सुधारको नमुना प्रयास संचालन गरिएको बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यालय नर्स, दैनिक योग कक्षा जस्तो कार्यक्रमले विद्यार्थीमा उर्जा पैदा गरेको उपप्रमुख तिवारीको भनाई छ ।
विद्यार्थीमा विभेदको भावना अन्त्य गराउन नगरपालिकाले फरक कदम चाल्न लागेको बताउँदै उहाँ भन्नुहुन्छ, “यस वर्षबाट पोशाकमा एकरुपता ल्याउन एउटै पोशाक वितरण गर्ने योजना बनाएका छौँ ।”
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत, शिक्षाविद् कविता अर्याल, शिक्षाकर्मी तोयानारायण पौडेल र मिडासका प्रशिक्षक विश्वराज पंगेनीले आ–आफ्ना क्षेत्रगत अनुभव र विचार प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो ।
नगर शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेले सामुदायिक विद्यालय शिक्षण सबलीकरण लागि आगामी दिनमा नियमित तालिम, अनुगमन प्रणाली र नवीन अभ्यासहरू विस्तार गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार, “शिक्षकको क्षमता विकास, शैक्षिक सामग्री उत्पादन र प्रविधिको पहुँच सुनिश्चित गर्नु अबको प्रमुख कार्यदिशा हुनेछ ।”
वालिङ नगरपालिका भित्र बाल शिक्षा देखि कक्षा १० सम्म तीन हजार ९ सय १९ विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । यी मध्ये १२ सय ४९ जना दलित परिवारबाट प्रतिनिधित्व गर्छन् भने अधिकांश परिवार विपन्न वर्गबाट भर्ना भएका छन् ।
खासगरी आर्थिक अभावमा रहेका परिवारका विद्यार्थी बिहान घरको काम सकेर मात्र विद्यालय आउँछन् । थकाइ, पारिवारिक जिम्मेवारी र जीवन संघर्षको सन्दर्भमा उनीहरूको पठन–पाठन दोस्रो प्राथमिकता बन्ने कारण सामुदायिक विद्यालयको नतिजा समेत राम्रो आउन नसकेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक सिता गौडेलले बताउनुभयो ।

Google search engine